कार्यालय सहयोगीको भरमा डोटीको आयुर्वेदिक औषधालय



Download our app to get more features

डोटी, १३ मंसिर । डोटीको आयुर्वेदिक औषधालय कार्यालय सहयोगीको भरमा संचालन भइरहेको छ । देशभरका अस्पताल चिकित्सकविहिन बनेका बेला उक्त औषधालय पनि समायोजनको चेपेटामा परेको छ । 

यसभन्दाअघि कार्यालय प्रमुख रुपमा कविराज संजय कुमार यादव कार्यरत थिए तर ढेड महिना अगाडी उनको समायोजन भएकाले आयुर्वेदिक औषधालय कार्यालय प्रमुखविहिन  बनेको छ । त्यस्तै औषधालयमा वैद्यका रुपमा खेम बहादुर खड्का कार्यरत थिए तर उनको पनि समायोजन भएकाले अहिले उक्त औषधालय कार्यालयले सहयोगीले संचालन गरिरहेका छन् । 

दुवैजना गइसकेपछि अहिले कार्यालय सहयोगी धनबहादुर धामीले विरामीहरुलाई औषधि दिइरहेका छन् । ‘औषधालयमा चाहिनेजती सबै प्रकारका औषधि छन तर मलाई त्यती जानकारी छैन, बिरामी आएभने आफुले थाहा पाएको जती दिएर पठाउने गरेको छु’ उनले भने । 

Last modified on 2019-12-01 06:08:07


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts