एम्बुलेन्स र ट्रक ठोक्किँदा सात जनाको मृत्यु 



Download our app to get more features

काठमाडौं, १५ मंसिर । सुनसरीमा एम्बुलेन्स र ट्रक एक आपसमा ठोक्किँदा एम्बुलेन्समा सवार सात जनाको मृत्यु भएको छ । 

सुनसरीको कोशी गाउँपालिका वडा नम्बर ७ हरिपुरमा राति १२ बजेर २० मिनेटमा दुर्घटना भएको सुनसरी प्रहरीले जनाएको छ ।

विराटनगरबाट उदयपुरतर्फ जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स र ना २ ख ९०८२ नम्बरको ट्रक एक आपसमा ठोक्किदा दुर्घटना भएको सुनसरीका डीएसपी विनोद शर्माले हाम्रो डाक्टरलाई बताए ।

उनका अनुसार ८५ वर्षीया शिवमाया राईको उपचारका क्रममा विराटनगरस्थित अस्पतालमा मृत्यु भएपछि शव लिएर एम्बुलेन्स उदयपुर फर्कदै थियो । मृत्यु हुनेमा सबै एकै परिवारका सदस्य हुन् ।

मृतकहरुमा वर्ष २८ का राजेश कुमार दनुवार, वर्ष ३४ का दुर्गाधन राई, वर्ष २८ का टेकेन्द्र राई, वर्ष ५० का तुलबहादुर राई, वर्ष ३५ का मुकेश राई र वर्ष ३२ का दिनेश राई रहेका छन् । 

मृतक सबैको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

Last modified on 2019-12-02 07:45:06


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts