प्रादेशिक अस्पताल बुटबलमा ३ बजेसम्म अनिवार्य डाक्टर अस्पतालमै बस्नुपर्ने

अटेरी गरे कारबाही गर्ने अस्पतालको तयारी



Download our app to get more features

रुपन्देही, १७ मंसिर । लुम्बिनी प्रादेिशक अस्पताल बुटबलमा कार्यरत डाक्टर बिहान १० बजेदेखि ३ बजेसम्म अनिवार्र्य बस्नु पर्ने भएको छ ।

अस्पताल प्रशासनले बिहान साढे नौ बजे अस्पतालमा आउने आधा घन्टा छलफल गर्ने र  १० बजेदेखि ३ बजे सम्म अनिवार्य रुपमा आफनो विभागमा बस्नु पर्ने नियम बनाएको छ । अस्पतालमा कार्यरत डाक्टर ओपीडिमा बिरामी जाँचेपछि रिपोट नआउँदा सम्म बाहिर जाने गरेका छन् ।

अस्पतालका शाखा अधिकृत बिपीन क्षेत्रीका अनुसार साढे नौ बजेदेखी ३ बजे सम्म अस्पतालमा सबै डाक्टर बस्नु पर्ने र अनिर्बाय पोसाकमा हुनुपर्ने गरि अस्पतालले सबैलाई परिपत्र गरिसकेको बताए । अस्पतालका नयाँ मेडिकल सुपेरिटेन्डेन्ड डा राजेन्द्र  खनाले सुधार सानैकामबाट हुने भएकोले सबैले नियमको पालना गर्नु पर्ने बताए। अस्पतालमा आउदा सबैले अनिबार्य रुपमा पोसाक र बिहान १० देखी ३ बजेसम्म अस्पतालमा बस्नुपर्ने बताए ।

डा. खनालले केहि कर्मचारी मोबाईलमै कोहि राजनितिमा व्यस्त देखिएकोले आफनो आचरण सुर्धानु पर्ने बताए।  ल्याब ईर्मेजेन्सी लगायतका ठाउमा बिरामीको गुनासो आएको बताए ।
 
त्यस्तै अस्पतालको समयमा निजी किल्नीकमा गएको भन्दै एकजना चिकित्सकलाई स्पस्टीकरण सोधीएको अस्पताल प्रसाशनले जनाएको छ ।

अस्पतालमा हाजीर हुने एक दुईजना बिरामी जाचगर्न अनि बाहिर आफनो निजी किल्नीकमा जाने गरेकोले एक चिकित्सकलाई पहिलो पटक स्पस्टीकरण सोधेको र दोश्रोपटक कुनै त्यस्तो भेटिए बिभागीय कावार्हि गर्ने बताए ।

Last modified on 2019-12-05 07:45:28


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts