रोहिणी गाउँपालिकाले स्वास्थ्य स्वयं सेविकालाई मासिक पाँचसय यातायात खर्च दिने



Download our app to get more features

रुपन्देही १८ मंसिर महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई सम्मान गर्दै रोहिणी गाउँपालिकाले स्वास्थ्य स्वयं सेविकालाई  ५ सय यातयात मासिक १६ औं महिला स्वास्थ्य स्वयम सेविका दिवस मनाएको छ । 

गाउँपालिकाको कार्यालयले महिला स्वास्थ्य स्वयम सेविकाले गाउँ गाउँमा पुगि स्वास्थ्य सेवा प्रदान गर्नमा अहम भुमिका खेलेको बताउदै गाउँपालिकाका सबै स्वयं सेविकाहरुलाई सम्मान गरेको छ ।

दिवसकै अवसर पारी बिभिन्न स्थानबाट रोहिणी गाउँपालिकामा समायोजन हुन आएको स्वास्थ्य कर्मिलाई स्वागत तथा रोहिणीबाट अन्यत्र जानेलाई बिदाई समेत गरेको छ । 
सम्मान कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले यस गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा महिला स्वास्थ्य स्वयम सेविकाहरुले निस्वार्थ भावले काम गरेको भनि प्रंशसा गरे ।

उनले बिना कुनै शुल्क र निस्वार्थ भावले स्थानियहरुको सेवामा खटिएका महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई गाउँपालिकाले थोरै भए पनि सुविधा दिन प्रयास गरेको बताए । उनले महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई प्रत्येक महिना यातायात खर्च बापत ५ सय रुपैया गाउपालिकाले उपलब्ध गराउने जनाए । 

रोहिणी गाउँपालिका उपाध्यक्ष शिवकान्ती चमारको अध्यक्षता तथा अध्यक्ष सनोज कुमार यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपने, गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष सरोज कुमार पाण्डे, वडा नम्बर ३ का वडा अध्यक्ष बिर बहादुर क्षेत्री लगायतले महिला स्वास्थ्य स्वयम सेविकाहरुको प्रयास बारे प्रंशसा गरेका थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts