गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्रमा आगामी शनिवार निःशुल्क स्वास्थ्य शिविर



Download our app to get more features

काठमाडौं, २४ पुस । गोसाइकुण्ड स्वास्थ्य सेवा केन्द्र प्रालिले आगामी शनिवार (२६ पुस) निःशुल्क स्वास्थ्य शिविर तथा परामर्श दिने भएको छ । ललितपुर महानगरपालिका, समाज कल्याण महाशाखा, जनस्वास्थ्य शाखा, १५ नम्बर वडा कार्यालय वडा स्वास्थ्य कार्यान्वयन समितिको आयोजनामा एक दिने शिविर सञ्चालन हुन लागेको हो । 

शिविरमा मधुमेह तथा थाइराइड र आँखा रोगसम्बन्धी निःशुल्क परामर्श र परीक्षण हुने केन्द्रले जनाएको छ । शिविर बिहान ८ देखि दिउँसो २ बजेसम्म चल्नेछ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts