लुम्बिनी प्रादेशिक अस्पतालमा फार्मेसी सेवा विस्तार गर्न मुख्यमन्त्रीको निर्देशन



Download our app to get more features

रुपन्देही, १७ फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी प्रादेशिक अस्पतालको फार्मेसी सेवालाई तत्काल विस्तार गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । 

अस्पतालको १ सय ११ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले अस्पतालको फार्मेसी सुविधायुक्त हुन नसक्दा अस्पतालमा आउने बिरामीले निजी औषधि पसलमा गएर महँगोमा औषधि किन्नु पर्ने बाध्यताको अन्त्य गर्नका अस्पतालमा तत्काल फार्मेसी सेवालाई सहज हुने तरिकाले विस्तार गर्नुपर्ने बताए ।

मुख्यमन्त्री पोखरेलले भौतिक पूर्वाधारले मात्रै अस्पताल आउने बिरामीको समस्या समाधान नहुने बताउदै यस अस्पतालमा आउने बिरामीलाई गुणस्तरीय सेवाप्रदानगर्ने तर्फ अस्पताल प्रतिवद्ध हुनुपर्ने बताए ।

उनले पछिल्लो समय अस्पतालको सेवामा विस्तारमा सुधारहुँदै गएको छ, तर उपचार राम्रो भएर पनि बिरामीहरु औषधि किन्नका लागि नीजि किल्नीकमा भौतारिनुपर्ने बाध्यता हटेकोले यसलाई छिटो भन्दा छिटो समाधान गर्ने तर्फ लाग्न अस्पताल प्रशासनलाई निर्देशन दिए ।

आमनागरिकको स्वास्थ्य उपचार पाउने अधिकार भएकोले समयमै उपचार पाउने हकको सुनिश्चितता गर्नका लागि अस्पताल र स्वास्थ्यकर्मीको जिम्मेवारी भएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले सोही अनुरुप मानवीयजन शक्तिलाई अद्यावधिक गराउँदै अगाडी बढ्न आग्रह गरे ।

मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भईरहेको उल्लेख गर्दै बीमा गरिएका बिरामीहरु उपचारका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य प्रादेशिक अस्पतालले गर्नुपर्ने बताए । उनले स्वास्थ्य बीमा कार्यक्रम अस्पतालहरुको लागि स्रोत व्यवस्थापन गर्ने महत्वपूर्ण माध्यम भएको रहेको पनि उल्लेख गरे ।

वार्षिकउत्सव कार्यक्रममा विभिन्न विधामा सम्मान गरिएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts