गत २४ घन्टामा थप २ जनाको कोरोनाका कारण मृत्यु, थपिए ७३ नयाँ संक्रमित



Download our app to get more features

काठमाडौं, १७ फागुन । नेपालमा कोरोना भाइरसका कारण थप ७३ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभरका ६६ प्रयोगशालामा ३ हजार ४९ पिसिआर परीक्षण गर्दा २९ जना महिला र ४४ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २ लाख ७४ हजार २ सय १६ पुगेको छ ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको तुलनामा निको हुने दर घट्दै गएको छ । गत २४ घन्टामा ७३ जना नयाँ संक्रमित थपिदा ६४ जना स्वस्थ भएका छन् । थप ६४ जनामा कोरोना संक्रमित निको भएसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ४ सय ७१ पुगेको छ । यो दर कुल संक्रमितको ९८ दशमलव ६ प्रतिशत हो ।

यस्तै गत २४ घन्टामा थप २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ७ सय ७७ पुगेको छ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुने दर १ प्रतिशत नाघेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९ सय ६८ रहेको छ ६१ जना विभिन्न क्वारेन्टाइनमा रहेका छन् ।

Last modified on 2021-03-02 07:27:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts