औषधिहरुबारे झुठा तथा भ्रमात्मक प्रचार गर्नेलाई कारबाही गरिने



Download our app to get more features

काठमाडौं, ९ फागुन । औषधि व्यवस्था विभागले औषधिहरुको झुठा तथा भ्रमात्मक प्रचार गर्नेलाई कारबाही गर्ने भएको छ ।

विभागले सूचना जारी गर्दै फेसबुक लगायत विभिन्न सामाजीक सञ्जालहरुमा औषधिहरुको भ्रमात्मक प्रचार प्रसार गरेको भन्दै त्यसो नगर्न आग्रह गरेको छ ।

विभागले औषधि ऐन, २०३५ दफा १९ बमोजिम औषधिको झुठा वा भ्रमात्मक प्रचार गर्न नहुने व्यवस्था भएकाले यदि त्यसो गरिएको पाइए कारबाही गरिने पनि बताएको छ । 

विभागको सूचनामा भ्रमात्मक प्रचार प्रसार गरी औषधिको मूल्यमा छुट लगायतका प्रलोभन देखाई बिक्रि वितरण कार्य भइरहेको तथा औषधिहरुको विज्ञापन समेत भइरहेको भन्ने उजुरी विभागमा परेकाले ती कार्य नगर्न÷नगराउन पनि भनिएको छ ।

साथै त्यस्तो गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने पनि सूचनामा उल्लेख गरिएको छ ।
 

Last modified on 2021-02-21 10:38:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts