भाइरल ज्वरोको प्रकोपपछि अछामको एक विद्यालय ५ दिनका लागि बन्द



Download our app to get more features

अछाम, १७ फागुन । भाइरल ज्वरोको प्रकोपपछि अछामको एक विद्यालयमा ५ दिनका लागि विदा दिइएको छ । 

जिल्लाको मंगलसेन नगरपालिका–११ जुपु वलडाडामा रहेको कालीका माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरुमा भाइरल ज्वरोको लक्षण देखिएपछि पठनपाठन फागुन २१ गतेसम्मका लागि बन्द गरिएको हो । 

करिब १ हप्तादेखि शिक्षक र विद्यार्थीमा ज्वरो आउने, पेट दुख्ने, बान्ता हुने तथा टाउको दुख्ने लक्षण देखिएपछि विद्यालय बन्द गरिएको प्रधानाध्यापक कर्णबहादुर शाहले बताए । 

विभिन्न लक्षण देखिएपछि स्वास्थ्य टोली पठाएर ४८ जना शिक्षक र विद्यार्थीको आरडीटी जाँच, कोभिडका लागि एन्टीजेन परीक्षण तथा मलेरिया परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको मंगलसेन नगरपालिकाका स्वास्थ्य शाखा संयोजक मानबहादुर सोडारीले बताए । 

उनले सबैमा भाइरल ज्वरोको लक्षण देखिएको पुष्टि समेत भएको बताए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts