कोरोनाको जोखिम घटाउन कान्ति बाल अस्पतालले गर्याे विशेष व्यवस्था



Download our app to get more features

काठमाडौं, ८ चैत । नोवेल कोरोना भाइरसको जोखिम न्यूनिकरणका लागि कान्ति बाल अस्पतालले सबैका लागि छुट्टा छुट्टै व्यवस्था गरेको छ । 

अस्पतालका निर्देशक डा.कृष्ण प्रसाद पौडेलले अस्पताल आउने बिरामीको संख्या तथा अस्पताल आउँदा हुने जोखिम न्यूनिकरण गर्ने उदेश्यले विशेष व्यवस्था गरेको बताए ।

उनले मेडिकल ओपीडिमा रुघाखोकी र ज्वरोका बिरामीहरु जाँच गर्ने छुट्टै कोठा, र अन्य ज्वरोका बिरामीहरुका लागि छुट्टै जाँच गर्ने स्थान छुट्याइएको जानकारी दिए । 

यस्तै इमर्जेन्सीमा छुट्टै कोठाका साथै एउटा आइसोलेस र दुई वटा गम्भीर प्रकृतिका आइसोलेसन र १० वटा नयाँ आइसोलेसन बेडको पनि व्यवस्था गरिएको छ ।

कान्ति बाल अस्पताल मुलुककै एक मात्र केन्द्रीय बाल अस्पताल हो । जहाँ दैनिक ३ सय देखि ६ सयसम्म बिरामीहरु उपचारका लागि आउने गर्छन् । त्यसकारण विभिन्न स्थानबाट बिरामी र अभिभावक अस्पताल आउने हुँदा कोरोनाको जोखिम बढ्न सक्ने भन्दै यस्तो व्यवस्था गरिएको पनि डा. पौडेलको भनाइ छ ।

 

Last modified on 2020-03-21 19:54:20


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts