विश्वभर कोरोना भाइरसका कारण संक्रमित भएकामध्ये ७० लाखभन्दा बढी स्वस्थ

यस्तो छ विश्वका केही गतिविधि



Download our app to get more features

एजेन्सी, २५ असार । भारतमा कोरोना संक्रमितको संख्या ७ लाख ६७ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा २४ हजार ८ सय ७९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यस्तै पछिल्लो २४ घन्टामा ४ सय ८७ जनाको मृत्यु भएको छ । भारतमा २४ हजार ८ सयभन्दा बढी नयाँ संक्रमित थपिएसँगै कोरोना संक्रमितको कुल संख्या ७ लाख ६७ हजार २ सय नाघेको छ भने मृत्यु हुनेको संख्या २१ हजार १ सय नाघेको छ । यस्तै हालसम्म संक्रमित भएकामध्ये ४ लाख ७६ हजारभन्दा बढी स्वस्थ भएका छन् । भारत विश्वकै तेस्रो कोरोना संक्रमित मुलुक हो ।

जापानमा फेरि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । जापानी समाचार संस्था एनएचकेका अनुसार जापानको राजधानी टोक्योमा पछिल्लो २४ घन्टामा २ सय २४ जना नयाँ संक्रमित थपिएका छन् । योसंख्या अप्रिल १७ पछिको सबैभन्दा धेरै हो । अप्रिल १७ मा २ सय ६ जना संक्रमित फेला परेका थिए । योसँगै जापानमा कोरोना संक्रमितको संख्या २० हजार २ सय १६ नाघेको छ । हालसम्म जापानमा कोरोना संक्रमणका कारण ९ सय ८२ जनाको मृतयु भइसकेको छ । 

नाइजेरियामा कोरोना संक्रमितको संख्या ३० हजार नाघेको छ । समाचार संस्था रोयटर्सका अनुसार नाइजेरियाको रोग नियन्त्रण महाशाखाका अनुसार दक्षिण अफ्रिकी मुलुक नाइजेरियामा पछिल्लो समय कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्दै गएको र संक्रमितको संख्या ३० हजार २ सय ४९ पुगेको छ । यस्तै हालसम्म कोरोना संक्रमणका कारण ६ सय ८४ जनाको मृत्यु भइसकेको छ ।

दक्षिण कोरियामा थप ५० जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । दक्षिण कोरियाली सरकारले सार्वजनिक गरेको तथ्यांक अनुसार त्यहाँ कोरोना संक्रमितको संख्या १३ हजार द्द सय ९३ पुगेको छ । जबकी कोरोना संक्रमणका कारण २ सय ८७ जनाको मृत्यु भइसकेको छ । दक्षिण कोरियामा पनि पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।
जर्मनीमा पछिल्लो २४ घन्टामा ४ सय ४२ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । यो संख्यासँगै जर्मनीमा कोरोना संक्रमितको संख्या बढेर १ लाख ९७ हजार ७ सय नाघेको छ । युरोपियन मुलुक जर्मनीमा अन्य युरोपियन मुलुकभन्दा संक्रमित हुने र मृत्यु दर कम छ । हालसम्म जर्मनीमा कोरोना संक्रमणका कारण ९ हजार ४८ जनाको मृत्यु भएको छ । 

चीन सरकारले कोरोना भाइरस विरुद्धको अध्ययन अनुसन्धानमा सहयोग गर्ने घोषणा गरेको छ । चीन सरकारले कोरोना भाइरस विरुद्धको खोप औषधि, परीक्षण किट लगायतका सामग्रीको अनुसन्धानमा सहयोग गर्ने बताएको हो । विश्व नै कोरोना महामारीका कारण प्रभावित भएका बेला चीनले विशेष प्रविधिको प्रयोगबाट संक्रमण छिटोभन्दा छिटो पत्ता लगाउने र खोपको परीक्षणमा अन्य मुलुकसँग सहकार्य गरेर अघि बढ्ने बताएको छ ।

टर्की सरकारले सभा समारोह र अन्य गतिविधिको आयोजनमा सामाजीक तथा भौतिक दुरी सम्बन्धी नियम लागू गर्ने भएको छ । टर्कीका स्वास्थ्यमन्त्री फहरेटिन कोकाले कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखि सामाजीक कार्य गर्दा वा अन्य सभा समारोहको आयोजन गर्दा सामाजीक दुरी सम्बन्धी नियमलाई अनिवार्य पालना गर्नुपर्ने बताएका छन् ।

अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या १ करोड २१ लाख ७० हजार नाघेको छ । विश्वव्यापी महामारी बनेको कोरोना भाइरसका कारण हालसम्म संक्रमित भएकामध्ये ५ लाख ५२ हजार नाघेको छ भने संक्रमित भएकामध्ये ७० लाख ७० हजारभन्दा बढी स्वस्थ भएका छन् ।

Last modified on 2020-07-09 11:32:17


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts