अफ्रिकामा खोप कार्यक्रम प्रभावित भए ७ लाख बालबालिकाको मृत्यु हुन सक्ने:अध्ययन



Download our app to get more features

एजेन्सी, ३ साउन । अफ्रिकामा खोप कार्यक्रम सुचारु नभए लाखौं बच्चाहरुको मृत्यु हुन सक्ने एक अध्ययनले देखाएको छ ।

अध्ययनकर्ताहरुका अनुसार कोरोना भाइरस महामारीको डरका कारण यदि अफ्रिकामा खोप कार्यक्रम सुचारु नभए लाखौ बच्चाहरुको मृत्यु हुन सक्नेछ ।
 
बेलायत र र स्विट्जरल्याण्डका अध्ययनकर्ताहरुले कम्प्युटर माडलिंगको माध्यमबाट अफ्रिकाको सबै १४ मुलुक कोरोना महामारीका कारण प्रभावित हुन सक्ने पनि अनुमान गरिएको छ ।
 
यस अध्ययन अनुसार यदि खसरा र येल्लो फिवरका लागि सामान्य टीकाकरण जारी रहेमा कोरोना भाइरसको जम्मा मृत्यु भन्दा ८ हजार बढी मृत्यु हुन सक्नेछ ।
 
साथै यदि खोप कार्यक्रममा अवरोध उत्पन्न भएमा त्यसले बच्चलाई झन् बढी खतरा हुन सक्ने र सात लाख बच्चाहरुको मृत्यु हुन सक्ने पनि उल्लेख गरिएको छ ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts