प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री यादवमा कोरोना संक्रमण पुष्टि



Download our app to get more features

जनकपुर, २२ साउन । प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवमा कोरोना स्रक्रमण पुष्टि भएको छ ।

नेपालमा मन्त्रीमा कोरोना संक्रमण पुष्टि भएको यो पटक घटना हो । यसअघि स्थानीय सरकारका  जनप्रतिनिधि र सांसदमा भने कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रदेश २ सरकारका प्रवक्ता समेत रहेका मन्त्री यादवको बुधवार गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । 

पछिल्लो समय प्रदेश २ को विभिन्न मन्त्रालयका कर्मचारी, सचिवहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सामाजीक विकास मन्त्री नवलकिशोर साहका भान्से र गाडी चालकमा समेत कोरोना देखिएपछि त्यहाँ सबै मन्त्री र कर्मचारीको स्वाब संकलन गरि परीक्षणका लागि पठाइएको थियो । अन्य व्यक्तिको नतिजा भने आउन बाँकी रहेको छ ।

Last modified on 2020-08-06 10:25:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts