अमेरिकामा कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो, एक लाख ६४ हजारभन्दा बढीको मृत्यु



Download our app to get more features

एजेन्सी, २४ साउन । अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा एन्थालेनाी फाउचीले कोरोना भाइरस विरुद्धको खोपले पूर्ण रुपले काम गर्न नसक्ने बताएका छन् । 

उनले कोरोना विरुद्धको खोपले मानिसलाई ५० देखि ६० प्रतिशत मात्रै संक्रमण हुनबाट रोक्न सक्ने बताए । उनले मानिसलाई कोरोना संक्रमणबाट जोगाउन र संक्रमित व्यक्तिलाई जोगाउनका लागि कोरोना विरुद्धको खोपले पूर्ण रुपले काम गर्न नसक्ने उल्लेख गर्दै मानिसलाई हर समय सार्वजनिक स्वास्थय उपायको आवश्यकता पर्ने प्रष्ट पारे । 

डा फाउचीले कोरोना भाइरस विरुद्धको खोप विभिन्न मुलुकले बनाइरहेको भएपनि त्यसले कति प्रतिशत काम गर्छ भन्नेमा यकिन नभएको हुनाले यसको पूर्ण सफलतामा अहिले नै प्रष्ट भन्न नसकिने पनि बताए ।

अमेरिका कोरोना भाइरस महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक हो । जहाँ १ लाख ६४ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमित हुनेको संख्या ५० लाख नाघेको छ । अमेरिकी विश्वविद्यालय जन हपकिन्सका अनुसार अमेरिकामा हालसम्म ५० लाख ९५ हजारभन्दा बढी संक्रमित भइसकेका छन् ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts