सरकारी चिकित्सक संघको चौथो निर्वाचन सम्पन्न, को को भए निर्वाचित ?



Download our app to get more features

काठमाडौं, २४ साउन । सरकारी चिकित्सक संघ (गोदान) को अध्यक्षमा डा रविन खड्का निर्वाचित भएका छन् ।

संघको शनिवार भएको अनलाईन अधिवेशनबाट डा खड्काले ४ सय ८० मत प्राप्त गरी आगामी दुई वर्षका निर्वाचित भएका हुन् । यस्तै उनका निकटतम प्रतिद्वन्द्वी डा समाज गौतमले २ सय ३७ मत प्राप्त गरेका छन् । 

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डा विजय थापाले ४ सय ३९ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी डा राम प्रसाद सापकोटाले २ सय ६८ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा डा सुशिल मोहन भट्टराई विजयी भएका छन् । उनले ४ सय ६६ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी डा विप्लब घिमिरेले २ सय ४६ मत प्राप्त गरेका छन् ।

यसैगरी महासचिवमा डा किर्तिपाल सुवेदी विजयी भएका छन् । उनले ४ सय ९ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी डा विजयी कुमार साहले ३ सय ६ मत प्राप्त गरेका छन् । यस्तै सचिवमा डा रोसन भगत चौरसीया विजयी भएका छन् । उनले ४ सय २८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी डा विश्वनाथ अधिकारीले २ सय ७३ मत प्राप्त गरेका छन् ।

कोषाध्यक्षमा सुधा शाही विजयी भएकि छन् । उनले ५ सय ३ मत प्राप्त गरेकी छन् भने उनको प्रतिद्वन्द्वी डा झुमा शिलवालले २ सय ५ मत प्राप्त गरेकी छन् ।

यस्तै सदस्यहरुमा डा अर्चना केसी, डा कपिल गौतम, डा कुशल खनाल, डा गौरब साह, डा प्रकाश भट्टराई, डा विजय कुमार मेहता, डा विजय गुरुंग, डा हेमा जोशी र डा सुसन भट्टराई निर्वाचित भएका छन् ।

नेपालकै इतिहासमा पहिलो पटक अनलाईन माध्यमबाट भएको गोदानको चौथो निर्वाचनमा संघका ७ सय ६८ जना मतदातामध्ये ७ सय २३ जनाले मतदान गरेका थिए । 

Last modified on 2020-08-08 19:57:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts