आइसोलेसनमा काम गर्ने स्वास्थ्यकर्मीलाई दैनिक १० हजार जोखिम भत्ता



Download our app to get more features

काठमाण्डौं, साउन २४ ।  दिनहुँ  कोरोना संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालका आइसोलेसन भरिँदै गएका छन् ।  लक्षण  नदेखिएका र स्वास्थ्यमा समस्या नभएका संक्रमितलाई घरमै आइसोलेट गर्न थालिएको छ ।
संक्रमितहरु सम्बन्धित स्थानीय तहको निगरानीमा होम आइसोलेसनमा बस्न सक्ने व्यवस्था  गरिएको छ। संक्रमितको निगरानी र स्वास्थ्य अवस्थाबारे जानकारी लिनका लागि सम्बन्धित स्थानीय तहले स्वास्थ्यकर्मीको व्यवस्था गर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 

एक जना स्वास्थ्यकर्मीले होम आइसोलेसनमा बसेका ५० जना संक्रमितको निगरानी गर्नुपर्ने छ । एक जना बिरामी हेरेबापत स्वास्थ्यकर्मीलाई दैनिक २०० सयका दरले पारिश्रमिक उपलब्ध गराइने भएको छ । यस अनुसार एक जना स्वास्थ्यकर्मीले होम आइसोलेसनका संक्रमितको फलोअप गर्दा ५० जनाको २०० का दरले दैनिक १० हजारसम्म भत्ता लिन सक्ने छन्। 

संक्रमितको फलोअफमा खटाइएका स्वास्थ्यकर्मीले फोन एसएमएसबाट दिनमा कम्तिमा दुई पटक संक्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिएर त्यसलाई अध्यावधिक गर्ने काम गर्नुपर्ने हुन्छ।  घरमा बसेका संक्रमितको अवस्थाबारे नियमित रुपमा स्वास्थ्यकर्मीले सम्बन्धित स्थानीय तहलाई जानकारी गराउनु पर्ने हुन्छ। 

Last modified on 2020-08-08 21:46:57


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts