स्वास्थ्य मन्त्रालयका ३ जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं, २५ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यरत ३ जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । मन्त्रालय प्रशासनले ८० जना कर्मचारीको स्वाब परीक्षण गराएकोमा ३ जनालाई संक्रमण देखिएको हो ।
मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका प्रमुख रघुराम विष्टका अनुसार मन्त्रालयका ३ जना कार्यालय सहयोगी र सोही लटमा परीक्षण गराएका बाहिरका एकजना व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित कर्मचारीहरुको नाम गोप्य राखिएको छ भने उनीहरुसँग संसर्ग भएका अन्य कर्मचारीलाई स्वनिगरानीमा बस्न भनिएको छ ।
Last modified on 2020-08-09 15:35:40