नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार नजिक



Download our app to get more features

काठमाडौं, २५ साउन । नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार नेपालका विभिन्न ३७ वटा प्रयोगशालमा गरिएको परीक्षणमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले योसँगै नेपालमा कोरोना संक्रमितको संखया २२ हजार ९ सय ७२ पुगेको बताए ।

उनले पछिल्लो २४ घन्टामा ४० जना कोरोना संक्रमित स्वस्थ भएको भन्दै नेपालमा कोरोना संक्रमणपछि निको हुनेको संख्या १६ हजार ३ सय ५३ पुगेको जानकारी दिए ।

Last modified on 2020-08-09 16:25:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts