नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार नाघ्यो, मृत्यु हुनेको संख्या एक सय नजिक



Download our app to get more features

काठमाडौं, २८ साउन । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय नजिक पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ८ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९१ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उनले नेपालमा योसँगै कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २४ हजार ४ सय ३२ पुगेको बताए ।

  

Last modified on 2020-08-12 17:02:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts