डा. नूतनले गरिन् ३ पटक सिजरियन गरिएकी ९७ केजीकी महिलाको पाठेघरको ल्याप्रोस्कोपिक अप्रेशन 



Download our app to get more features
Spark_health_home Mountain Heart Nepal

काठमाडौं, २९ साउन । तीन पटक सिजिरियन अर्थात शल्यक्रिया मार्फत प्रसूति गराएकी ९७ किलो तौल भएकी महिलाको स्त्रीरोग विशेषज्ञ तथा ल्याप्रोस्कोपी सर्जन डा. नूतन शर्माले दुरबिनबाट पाठेघरको सफल शल्यक्रिया गरेकी छिन् । 

काठमाण्डौकी ४३ वर्षीया सुनिता श्रेष्ठको डा. शर्माले नर्भिक अस्पतालमा शल्यक्रिया गरेकी हुन् । 'सामान्यतः तेस्रो अप्रेसनपछि पेट चिरेर शल्यक्रिया गर्नु निकै कठिन हुने गर्दछ, त्यसमा पनि ९७ किलो तौल भएकी महिलाको मोटोपनाका कारण दुरबिनबाट शल्यक्रिया गर्नु अझै कठिन र दुर्लभ हो', डा. शर्माले भनिन् 'तर आधुनिक प्रविधि र दक्षताका कारण नेपालमै हामीले जटिल भन्दा जटिल शल्यक्रिया पनि ल्याप्रोस्कोपि विधि मार्फत गर्न सम्भव बनाएका छौं ।' 

vayoda

Hamro Doctor Apps2

प्रसूती गराउने शल्यक्रिया बाहेक स्त्रीरोगसँग सम्बन्धित सबै रोगको उपचार अव दुरबिन प्रविधिबाट सम्भव भएको डा. शर्माले बताइन । दुरबिन प्रविधिबाट शल्यक्रिया बिरामीका लागी स्वास्थ्यका दृष्टिकोणले निकै सुविधायुक्त र आरामदायी भएपनि जनचेतनाको अभावका कारण कतिपयले दुरबिनबाट शल्यक्रिया गराउन अझैपनि अफ्ठेरो मान्ने गरेको डा. शर्माको अनुभव छ । 

उनले भनिन, 'मैले १५ बर्षदेखी स्त्री रोगसँग सम्बन्धित रोगको उपचार गर्दै आएको छु, तर दुरबिनबाट गरिने शल्यक्रियामा बिरामीलाई निकै सहजता हुन्छ, शल्यक्रियाको अर्काे दिन बिरामी हिड्न सक्छ, पेटमा सानो प्वाल पारेर शल्यक्रिया गरिने हुँदा घाउ पाक्ने, दुख्ने महिना दिनसम्म आराम गर्नुपर्ने आवश्यकता हुँदैन ।'

'दुई दिनमा अस्पताल बसाई सकेर बिरामी एक हप्तामा आफ्नो नियमित काममा फर्किन सक्छ । कतिपय बिरामीमा दुरबिनबाट शल्यक्रिया गर्दा पाठेघरको टुक्रा पेटभित्र छुट्ने, पुर्णरुपमा रोगको उपचार नहुने भन्ने भ्रम रहेको पाइयो', डा. शर्माले थपिन् 'पेट चिरेर गरिने भन्दा दुरबिनबाट गरिने अप्रेशन कयौं गुणा राम्रो हो, यसमा कुनै खालको जोखिम हुँदैन ।'

यो शल्यक्रियापछि बिरामीको स्वास्थ्य अवस्था समेत तुलनात्मक रुपमा निकै राम्रो हुने गरेको पाइएको छ । हाम्रो आँखाले नदेख्ने कतिपय कुरालाई दुरबिनले अझै स्पष्ट गरेर देखाउने भएकाले शल्यक्रियामा दुरबिन प्रविधि सबैभन्दा उत्कृष्ट भएको डा. शर्माले बताइन् । डा. शर्मा मूलतः अल्का अस्पताल र अल्का आइभिएफमा कार्यरत छिन् । 
 

Last modified on 2020-08-13 14:23:22

Kathmandu Cancer Center alka

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts