नेपालमा थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु



Download our app to get more features

काठमाडौं, १२ असोज । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय ८१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ महिला र २ पुरुषगरि थप ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरीका ३८ वर्षीया र भक्तपुरकी ५१ वर्षीया दुई जना महिला रहेकी छन् । यस्तै बाँकेका ४७ वर्षीय र गुल्मीका ३४ वर्षीय गरि दुई जना पुरुषहरुकोपनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

नेपालमा कुल संक्रमितमध्ये मृत्युदर शून्य दशमलव ६५ प्रतिशत रहेको छ ।

यस्तै हाल नेपालभर २ सय २५ जना कोरोना संक्रमितको उपचार आईसीयूमा भइरहेको छ भने ३१ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ । 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts