विभिन्न देशबाट आएका शरणार्थीलाई परिचयपत्रका आधारमा उपचार र परीक्षण गर्न निर्देशन



Download our app to get more features

काठमाडौं, ११ मंसिर । सरकारले विभिन्न देशबाट आएका शरणार्थीहरुलाई परिचयपत्रका आधारमा उपचार र कोभिड परीक्षण गर्न निर्देशन दिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा विभिन्न देशबाट आएर बसेका नेपाली शरणार्थी भई बसेका नागरिकहरुलाई शरणार्थी परिचय पत्रका आधारमा नेपाली नागरिक सरह नै कोभिड १९ परीक्षण र उपचार गर्न भनेर निर्देशन दिएको हो ।

मन्त्रालयका सह प्रवक्ता डा. शमिर कुमार अधिकारीले सम्बन्धीत सबै प्रदेश, स्थानीय तह, प्रयोगशाला, अस्पताल तथा सम्बन्धीत सबै निकायमा अनुरोध गरिएको बताए ।

उनले कोभिड १९ रोगको रोकथाम तथा उपचारको निमित्त नेपाल सरकारले राष्ट्रिय परिचयपत्र भएका सबै नेपालीलाई कोभिड १९ को लक्षण वा चिन्ह देखिएमा निःशुल्क परीक्षण र उपचार गर्न भने अनुसार नै शरणार्थीहरुको पनि उपचार गर्न निर्देशन दिइएको बताए ।

Last modified on 2020-11-26 19:50:33


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts