कोरोनाका कारण मृत्यु हुने संख्या बढ्दै: थप ५ जनाको मृत्यु, २० जना भेन्टिलेटरमा



Download our app to get more features

काठमाडौं, ३१ चैत । नेपालमा कोरोना संक्रमणको दर बढ्दै जादा मृत्यु हुने दर पनि बढ्दै गएको छ ।

पछिल्लो १ सातादेखि नेपालमा कोरोना संक्रमणको दर बढेसँगै मृत्यु हुने दर पनि बढ्दै गएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा मात्रै थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ५८ पुगेको छ । यो दर कुल संक्रमितको १ दशमलव १ प्रतिशत हो ।

यस्तै हाल नेपालभर ९७ जना कोरोना संक्रमित आईसीयूमा भर्ना भएका छन् २० जनाको भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ३ हजार १ स य ९५ जना होम आइसोलेसनमा रहेका छन् भने ४ सय १३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

Last modified on 2021-04-14 09:09:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts