नेपाल अर्बुद रोग निवारण संस्थाको कार्यालयमा चिकित्सकद्वारा तोडफोड, कारबाही गर्न माग



Download our app to get more features
Spark_health_home

काठमाडौं, २४ वैशाख । नेपाल अर्बुद रोग निवारण संस्था भक्तपुरको कार्यालयमा चिकित्सकहरुले तोडपफोड गरेका छन् ।

संक्रमणकालीन अवस्थामा भक्तपुर क्यान्सर अस्पतालका डा. ऋषिकेश श्रेष्ठको नेतृत्वमा केही चिकित्सकहरु तथा प्रशासनका केही कर्मचारीहरुले नेपाल अर्बुदरोग निवारण संस्थाको कार्यालय कक्षको ताला फोडेर तोडफोड गरेको संस्थाका अध्यक्ष श्रीधर राठौरले बताएका छन् ।

उनले कार्यालयको ताला फोडेर शाखाका महत्वपूर्ण कागजात तथा फर्निचर लगायतका सामग्री नष्ट हुने गरी कार्यालयबाट फ्याँकेको पनि आरोप लगाएका छन् । 

चिकित्सक जस्तो गरिमामय एवं सम्मानित व्यक्तिहरुबाट यस किसिमको जघन्य अपराधको शाखा निन्दा एवं भत्र्सना गर्छ भन्दै राठौरले घटनामा संलग्नलाई कारबाहीका लागि उजुरी दिएका छन् ।

कार्यालयको ताला फोड्ने र महत्वपूर्ण कागजात नष्ट गर्ने चिकित्सकहरुमाथि जिल्ला प्रशासन कार्यालय भक्तपुर र महानगरीय प्रहरी परिसर भक्तपुरका आवश्यक कानुनी कारबाहीको माग गर्दै निवेदनसमेत दिइएको अध्यक्ष राठौरले बताए । 

उनले घटनाको यथाशीघ्र छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न प्रशासन र प्रहरीसमक्ष उजुरीसहितको निवेदन दिएको बताए । साथै उक्त निन्दनीय कार्य गर्ने संस्थाकै हितविपरीत लागेको पाइएकाले निजहरुलाई नियमानुसार कारबाहीको दायरामा ल्याउन पनि माग गरिएको प्रेस वक्तव्यमा उल्लेख गरिएको छ ।

Hamro Doctor
Last modified on 2021-05-07 19:34:54

Kathmandu Cancer Center alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts