चितवनमा १ सय ४७ जना कोरोना संक्रमित आईसीयूमा, सिएमसीमा मात्रै १ सय २ जना



Download our app to get more features

चितवन, २५ वैशाख । चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित मध्ये १ सय ४७ जनाको आईसीयूमा उपचार चल्दैछ ।

स्वास्थ्य कार्यालय चितवनले शनिवार दिउँसोसम्म यहाँका तीन ठुला अस्पतालमा गरी ३ सय ५६ जना संक्रमित उपचाररत् रहेको जनाएको छ । ती मध्ये एकसय ४७ जना संक्रमितको आईसीयू र २९ जनाको भन्टिलेटरमा उपचार भईरहेको जनाएको छ । 

कार्यालयका अनुसार चितवनस्थित भरतपुर केन्द्रीय अस्पतालमा १० जनाको आईसीयू, चितवन मेडिकल कलेज (सिएमसी)मा एकसय २ जनाको आईसीयू र २२ जनाको भन्टिलेटर उपचार चल्दै छ ।

त्यस्तैगरी कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा २८ जना आईसीयू र ७ जना भन्टिलेटरमा उपचाररत् छन् । त्यस्तै, ७ जनाको जिल्लाका अन्य अस्पतालमा उपचार चल्दैछ ।

यहाँ उपचाररत् रहनेमा अन्य जिल्लाका संक्रमित समेत रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार शनिवार दिउँसोसम्म जिल्लामा ७ हजार ४० जना निको भईसकेका छन् । 

त्यस्तै, जिल्लाभर अहिले सक्रिय संक्रमितको सङ्ख्या २ हजार ३ सय ७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म जिल्लाभरका गरी एकसय ३७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

Last modified on 2021-05-08 21:03:52

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts