मातातीर्थ औंसी

कोरोनाकालमा आमाको स्वास्थ्यको ख्याल यसरी गर्नुहोस्



Download our app to get more features
Spark_health_home

आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । आजको दिन सबै सन्तानले आफ्नो जन्म र कर्म दिने आमाको मुख हेरेर मिठो खाने कुरा र उपहार दिएर मनाउने गर्छन् । आमा नभएकाहरु मातातीर्थ कुण्डमा गएर यो दिन मनाउने गर्छन् । तर, यो वर्ष भने कोरोना महामारीका कारण सरकारले घरमै बसेर मनाउन आग्रह गरेको छ ।

मातातीर्थ औंसी मनाइरहँदा आमाको स्वास्थ्यलाई तपाईंले कतिको ख्याल गर्नुहुन्छ भन्ने पनि आवश्यक हुन्छ । मातातीर्थका दिन आमालाई दिइने उपहार उनको जीवनभरि नै ख्याल गर्नु हो । आमाको स्वास्थ्यको ख्याल तपाईंले सँधैभरि गरिरहनुभयो भने आमालाई आजको दिन मात्रै ख्याल गर्नुपर्दैन । 

अझ कोरोना महामारीका कारण आमाको स्वास्थ्यको विशेष ख्याल गर्नुपर्छ । आमाको रोग प्रतिरोधात्मक क्षमताको विषेश ख्याल गर्नुपर्ने हुन्छ । सबै उमेर समूहका मानिसलाई कोरोनाको संक्रमण हुन सक्ने भएकाले यो समय आमाको पनि विशेष ख्याल गर्नु आवश्यक हुन्छ ।

आमाको लामो आयू र स्वास्थ जीवन चाहनुहुन्छ भने उनको स्वास्थ्यको साथै उनको खुशि र उनलाई के मन पर्छ भन्ने कुराको पनि ध्यान राख्नुपर्छ । आमा जसले तपाईंलाई जन्म दिन्छन् उनको स्वास्थ्यको लागि तपाईं सँधै सचेत रहनुपर्छ । कुनैपनि समय उनले भनेको र उहाँले चाहेको कुराको विशेष ध्यान राख्ने हो भने उहाँ सँधै खुशी रहनु हुन्छ । त्यति मात्र नभई उनको खानपानमा पनि विशेष ध्यान दिनुपर्छ । जसले उनलाई कुनै रोगले आक्रमण नगरोस् । 

कुनैपनि व्यक्तिको स्वास्थ्यलाई सँधै राम्रो बनाइराख्नु छ भने उनको खानपान र खुशीको नै  विशेष ध्यान राख्नुपर्छ । मातातीर्थ औंसीका दिन आमालाई कस्तो खाना र उपहार दिने ? जसले उनको स्वास्थ्य सँधै राम्रो रहिरहन्छ । जानौं प्रा.डा.दिनेश कुमार लम्सालको यो टिप्सः

  • सबैभन्दा पहिले आमाको स्वास्थ्यको बारेमा विशेष ध्यान दिनुपर्छ
  • नियमित स्वास्थ्य जाँच गराउने, घरमै बसेको बेला पनि आमाको स्वास्थ्यमा कुनै समस्या भए नभएको बारेमा सचेत रहनुपर्छ
  • अहिलेको अवस्थामा अस्पताल जान सक्ने अवस्था नरहेका कारण फोनमै भएपनि चिकित्सकसँग परामर्श गर्नुपर्छ
  • खानाका परिकार बनाउँदा आमाको स्वास्थ्यलाई ध्यानमा राखेर बनाउनुपर्छ
  • चिल्लो, मसालेदार, अत्यधिक गुलियो, रातो मासु, ग्यास्ट्रिक गराउने र रोग बल्झाउने खालको खानेकुरा दिनुहुँदैन
  • फलफूल, हरियो साग, तरकारी, दूध, ताजा फलको जूश, ड्राई फ्रुट जस्ता सन्तुलित आहार दिनुपर्छ
  • खाना बनाउँदा खाना अपच हुने खालको खाना पनि बनाउनु हुँदैन
  • उपहार दिँदा महँगा खालका भन्दा पनि उनको खुशीलाई ध्यान राखेर उपहार दिनुपर्छ
  • अहिलेको समयमा बाहिर जान सक्ने, मन्दिरमा जान सक्ने अवस्था नभएकाले घरमै कसरी हुन्छ उनको खुशीको ख्याल गर्नुपर्छ
Last modified on 2021-05-11 10:10:35

alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts