तपाईंको ढाड वा कम्मरमा एक्कासी झस्का पस्यो ? यसरी निको पार्न सकिन्छ

What's This?


Download our app to get more features

अहिले कोरोना महामारीका कारण सरकारले विभिन्न क्षेत्रमा आंशिक र पूर्ण निषेधाज्ञा जारी गरेको छ । हालको अवस्थामा कोरोनाको जोखिमका कारण अधिकांश मानिसहरु घरमै बसिरहेका छन् भने कार्यालयमा काम गर्नेहरु घरबाटै काम गरिरहेका छन् । घरमै बसेर काम गरिरहँदा वा लामो समयसम्म बसेर काम गरिरहँदा ढाड दुख्ने समस्या हुन सक्छ भने कुनै कुनै बेला एक्कासी ढाड वा कम्मरमा झस्का पस्ने समस्याले पनि सताउन सक्छ । तर, के कारणले एक्कासी ढाड वा कम्मरमा झस्का पस्छ ? वरिष्ठ क्रोनिक ब्याकपेन विशेषज्ञ डाक्टर सुनिल पौडेल यसो भन्छन् :

मेरुदण्डलाई मांशपेसीले समातेको हुन्छ । कम्मर वा ढाडलाई बोझ पर्ने कुनैपनि काम गर्दा मांसपेशीमा संकुचन आयो वा ‘मसल स्पाजम’ भयो भने खुम्चन्छ र मांसपेशी पुनः पहिलेको जस्तो भएन भने एक्कासी झस्का पस्छ । 

यस्ता व्यक्तिलाई बढी झस्का पस्छ :
१. लगातार निहुरेर काम गर्ने ।
२. कुर्सीमा लामो समयसम्म बसेर काम गर्ने ।
३. उठिरहने वा निहुरिरहने ।
४. विशेषगरी शारीरिक बनावट र कामको बोझले गर्दा तुलनात्मक रुपमा महिलाहरुमा झस्का पस्ने समस्या बढी हुन्छ । 

झस्का पस्ने सम्भावना बच्चामा कम हुन्छ । उमेर बढेसँगै यो समस्या पनि बढ्ने गर्छ । 

झस्का पस्ने प्रमुख कारण :
१.शारीरलाई चलायमान नराख्दा ।
२.बढी तौल वा अस्वस्थ खानपान ।
३.शारीरिक व्यायाम नगर्ने ।

लक्षण :
बसेर उठ्दा, नुहाएर बाहिर निस्कँदा वा निहुरिएर बस्दा एक्कासी च्वास्स दुख्नु वा झस्का पस्नु ।
झस्का पस्दा ढाड वा कम्मरमा दुखाई ज्यादा हुन्छ । ढाड अररो हुन्छ,चल्दा वा यताउता गर्दा धेरै दुख्ने हुन्छ । 

झस्का पस्दा घरमै पनि उपचार गर्न सकिन्छ ः
झस्का पसेको ठाउँमा तातोले सेक्ने ।

झस्का पस्दा दुखाई बढी भएपनि धेरैले यसलाई सामान्य रुपमा लिन्छन् । तर झस्का पस्दा बेवास्ता वा दुखाई कम गर्ने अनावश्यक औषधिको सेवन गर्नु हुँदैन । 

कहिलेकाँही नशा च्यापिएर पनि झस्का पस्ने हुनसक्छ । त्यसकारण झस्का पसे पछि जतिसक्दो छिटो विशेषज्ञ चिकित्सककोमा परीक्षण गराउनु पर्छ ।

Last modified on 2021-05-13 09:28:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts