गर्भावस्थामा सुत्दा के-के कुरामा ध्यान दिने ?



Download our app to get more features

गर्भावस्था भनेको महिलाका लागि निकै नै महत्त्वपूर्ण समय हो । आमा बन्नु भनेको हरेक महिलाका लागि गर्वको कुरा हो । गर्भावस्थामा आमा सँगसँगै शिशुको सम्बन्ध पनि जोडिएको हुन्छ । आमाले गर्ने व्यवहार, खाने कुरा लगायतको प्रभाव गर्भमा रहेको शिशुमा पनि परिरहेको हुन्छ । त्यसकारण यो अवस्थामा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

गर्भवति भइसकेपछि महिलाहरुमा अनेक समस्याहरु देखिन सक्छ । अप्ठ्याराहरु पनि हुन्छन् । जस्तैः वान्ता हुने, खाना नरुच्ने, हिँड्दा बस्दा अप्ठ्यारो हुने जस्ता कुराहरु हुन्छ भने पेटको आकार ठूलो हुँदै गर्दा उठबस गर्न र सुत्न पनि अप्ठ्यारो हुन सक्छ ।

एक अध्ययनले गर्भवती महिलाहरुले गर्भावस्थाको तीन महिनापछि  बिस्तारामा दायाँ बायाँ  फर्कि फर्कि अर्थात कोल्टे फेर्दै सुत्ने गरेमा मृत बच्चा जन्मिने खतरा धेरै हदसम्म कम हुने देखाएको छ ।

एक हजार गर्भवती महिलाहरुमा गरिएको उक्त अध्ययनले  गर्भावस्थाको आखिरी महिनामा कम्मरको बलमा सुत्ने गर्नाले मृत बच्चा जन्मिने खतरा बढि भेटिएको छ ।  अध्ययनका क्रममा समावेश गरिएका २ सय ९१ बच्चाहरु मृत जन्मेका थिए भने ७ सय ३५ बच्चा स्वस्थ रुपमा नै जन्मिएका थिए । 

शोधकर्ताका अनुसार यदि गर्भवती महिलाहरु दिउँसो अथवा राति जतिबेला सुत्दा पनि कम्मरमा जोड नदिई यताउता फर्किदै सुत्दै गर्नु अति आवश्यक छ । तर निदाएर बिउँझिदा आफ्नो शरीरको बल कम्मरमा परेको महसुस भएमा भने त्यसलाई तनावको विषय नबनाई हल्का रुपमा लिन पनि उनिहरुले सुझाव दिएका  छन् ।

ब्रिटेनमा प्रत्येक वर्ष २ सय २५ शिशु मृत रुपमा जन्मिने गर्दछन् । शोधकर्ताहरुका अनुसार यदि गर्भवती महिलाहरु दायाँ बायाँ फर्किदै सुत्दै गरेमा भने यो मृत्युदर घटाएर १ सय ३० शिशुको ज्यान जोगाउन सकिने छ । माइनेस स्टडी एक उपल्लो स्तरको अध्ययन हो जुन ब्रिटेनको स्त्री एवंं प्रसूतीसँग सम्बन्धित अखबारमा हालै छापिएको छ । यो शोधले अस्ट्रेलिया तथा न्यूजीरल्याण्डमा गरिएका यसै विषयका अध्ययनहरुको पनि पुष्टि गर्ने  उल्लेख गरेको छ । यो रिसर्चलाई प्रोफेसर एलेक्जेण्डर हीजलको नेतृत्वमा पूरा गरिएको हो जो टाँमिल स्टिलबर्थ रिसर्च सेण्टरका निर्देशक समेत हन् । 

अध्ययनका क्रममा समावेश गरिएका गर्भवती महिलाहरुलाई खासगरी तपाईको सुताइएको पोजिन कस्तो छ भनी सोधिएको थियो । शोधकर्ताले गर्भवती महिलाहरुलाई यो सुझाव दिएका छन् कि तपाई कस्तो पोजिनमा उठ्नुहुन्छ त्यतातिर पटक्कै ध्यान नदिनुहोस् तर तपाई कस्तो पोजिनमा सुत्नुहुन्छ त्यसतर्फ भने खुब चनाखो हुनुहोस् ।

शोधकर्ताहरुले दाबीका साथ नबताएपनि आँकडाहरुले सुताइका कारण  मृत बच्चा जन्मने खतरा अधिक हुने देखाएको बताएका छन् । जब कोही गर्भवती महिला कम्मरको बलमा सुत्छिन् तब बच्चा तथा गर्भाशयको कारण रक्तनलीमा दबाब सिर्जना हुने गर्दछ र बच्चालाई रगत तथा अक्सिजन पर्याप्त मात्रामा पुग्दैन् जस्काकारण शिशुको मृत्यु हुन सक्दछ ।

शोधकर्ताहरुले गर्भावस्थामा कसरी सुत्ने केही टिप्स पनि दिएका छन् । जुन यस प्रकारको छः

  • कम्मरको पछाडी सिरानी राखेर सुत्ने गरौं ता कि यताउता फर्किदै सुत्न सहिजो होस्। 
  • राति निद्राबाट बिउँझिदा चेक गरौं कि आफू कुन पोजिसनमा सुतेको थे भनेर त्यसपछि फेरी अर्कोतिर फर्केर सुतौं ।
  • दिनमा सुत्दा पनि घरी दायाँ घरी बायाँ फर्केर्दै सुत्दै  गरौं।
  • यदि रातमा ब्युझिँदा तपाईलाई कम्मरको बलमा सुतेको महसुस भयो भने नआत्तिनुहोस् केही फरक पर्दैन् ।
  • तपाईं दायाँ तथा बायाँ जतापनि फर्केर सुत्न सक्नुहुन्छ तर पोजिसन भने  परिवर्तन गरिरहनुहोस् ।
Last modified on 2021-05-28 11:40:21


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts