गर्मी याममा पाइने खरबुजा खानुका यस्ता छन् फाइदा...



Download our app to get more features

गर्मी मौसममा पाइने फलफुमध्ये खरबुजा पनि एक हो । गर्मीमा पाइने भएकाले मानिसहरुले खरबुजा खाने गर्छन् । तर, खरबुजा खादा के के फाइदा हुन्छ सबैलाई थाहा नहुन सक्छ । डा.अमित कर्णका अनुसार गर्मीमा खरबुजा खानुका फाइदाहरु यस प्रकारका छन् :

  • खरबुजा खानले डिहाइड्रेसन हुँदैन किनकी यसले शरीरमा पानीको कमी हुनबाट जोगाउँछ 
  • खरबुजामा पर्याप्त मात्रामा पानी र फाइबर हुन्छ । यसले पेटपनि भरेको रहन्छ र तौल कम गर्नमा मद्दत पुग्छ 
  • खरबुजमा लाइकोपिन पाइन्छ जसले छालालाई चम्किलो बनाइराख्न मद्दत गर्छ
  • खरबुजाले मुटुको रोग लाग्नबाट जोगाउँछ । यसले कोलेस्ट्रोलको मात्रालाई नियन्त्रित गर्छ 
  • खरबुजा चिसो हुन्छ । यसले गर्मीमा पेटलाई चिसो प्रदान गर्छ र पाचन सहि तरिकाले हुन्छ 
  • प्रत्येक दिन खरबुजा खानाले कब्जियतको समस्या हुँदैन । यसले शरीरमा रगतको कमी पनि हुन दिँदैन 
  • खरबुजामा सिट्रलाइन हुन्छ जसले रक्तचापलाई नियन्त्रणमा राख्छ 
  • खरबुजालाई अनुहारमा पेस्ट बनाएर लगाउँदा वा रगड्दा निखार आउँछ । यसले ब्ल्याक हेड्सलाई हटाउने काम गर्छ  
Last modified on 2021-06-01 09:16:22


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts