दैनिक चुकुन्दर खानुका यस्ता छन् फाइदा...



Download our app to get more features

तपाईं स्वस्थ रहनका लागि विभिन्न फलफूलको सेवन गर्ने गर्नुहुन्छ । तर, कुन फलफूलको सेवनले कस्तो फाइदा हुन्छ भन्नेबारे तपाईंलाई थाहा नहुन सक्छ । दैनिक रुपले सेवन गर्ने फलफूलमध्यको एक हो चुकुन्दर, यसलाई अंग्रेजीमा बीटरुट पनि भन्ने गरिन्छ । चुकुन्दरको सेवन सलाद वा जुसको रुपमा गर्न  सकिन्छ ।

यसको नियमित सेवनले तपाईंलाई कस्तो फाइदा हुन्छ, जानौं

  • चुकुन्दरको सेवनले हेमोग्लोबीनको मात्रा बढ्छ । चुकुन्दरमा पर्याप्त मात्रामा भिटामिन, मिनरल, पोटासियम, नाइट्रेट र फोलेट पाइन्छ ।
  • चुकुन्दरको जुसको सेवनले मुटुसँग सम्बन्धीत रोगको खतरा कम हुन्छ । यसमा पाइने नाइट्रेटले रक्तचाप कम गर्छ र हर्ट फेलियर, स्ट्रोकबाट जोगाउँछ ।
  • चुकुन्दरले मस्तिष्कको गतिविधिलाई राम्रो बनाउँछ । यसमा आइरनको मात्रा भरपूर हुन्छ । जसले एनिमिया अर्थात् रक्तअल्पत्ता र डिमेन्सियाको जोखिममा राहत गर्छ ।
  • चुकुन्दरको एन्टीअक्सिडेन्ट, एन्टी इन्फामेटरी प्रोपर्टी र न्यूट्रिसनल कन्टेन्ट क्यान्सरको उपचारमा निकै नै फाइदाजनक हुन्छ ।
  • चुकुन्दरले शरीरमा रगतको बहाव र स्टेमिनालाई बढाउँछ । यसलाई प्रि वर्कआउट ड्रिंक पनि मानिन्छ ।
  • चुकुन्दरमा कुनैपनि प्रकारको क्यालोरी हुँदैन । यो हेल्दी बडी वेटलाई नियन्त्रण गर्नमा मद्दत गर्छ ।
  • चुकुन्दरले रगतलाई प्राकृतिक तरिकाले सफा गर्ने काम गर्छ । यसको सेवनले छालामा ग्लो ल्याउने काम पनि गछृ । यसले पिम्पल र मुखमा आउने घाउ खटिराबाट पनि जोगाउँछ ।

 

(बीबीसी फूडबाट)

Last modified on 2021-06-02 09:25:34


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts