दालको नियमित सेवनले हुन्छ यस्ता फाइदा...



Download our app to get more features

तपाईंले खाने दैनिक खाद्यपदार्थमा दाल पनि एक हो । दालको नियमित जसो नै सेवन गर्ने गरिन्छ । दालको नियमित सेवन गरेपनि त्यसले हुने फाइदाबारे थाहा नहुन सक्छ । 

जानौं दालको नियमित सेवनको फाइदाबारेः

  • दाल सबैलाई मन नपर्न सक्छ । तर, दालको सेवनले तपाईंलाई भरपूर मात्रामा पोषण तत्त्व प्राप्त हुन्छ । किनकी एक कप दालमा १८ ग्राम प्रोटिन हुन्छ 
  • दाल सुपाच्य हुन्छ । यसमा पाइने डाइट्री फाइबरले पाचन क्रियालाई राम्रो बनाउँछ । दालको सेवनले कब्जियतको समस्या पनि समाधान हुन्छ ।
  • दालको सेवनले लामो समयसम्म पेट भरेको हुन्छ । जसले तपाईंलाई भोकको महसुस हुँदैन र तपाईंको तौलम कम गर्नमा सहयोग पुग्छ ।
  • दालमा पाइने फाइबर र आइरनले शरीरको इम्यूनिटीलाई पनि बलियो बनाइराख्छ ।
  • दालमा भरपूर मात्रामा आइरन, म्याग्नेसियम र जिंक पाइनछ । जसले गर्दा तपाईंलाई विभिन्न प्रकारको संक्रामक रोगबाट जोगाउनमा मद्दत गर्छ ।
  • दालको सेवनले मुटुलाई स्वस्थ राख्ने काम गर्छ । यसमा पाइने फोलेट र म्याग्नेसियमले मुटुसम्बन्धी रोग लाग्नबाट जोगाउँछ ।
  • प्रोटिनको स्रोतहरुमध्ये दाल सबैभन्दा राम्रो मानिन्छ । किनकी यसमा अन्य प्रोटिन तत्त्वभन्दा कम फ्याट हुन्छ र तपाईंलाई फिट राख्ने काम गर्छ ।

 

बीबीसी फूड

Last modified on 2021-06-05 10:01:42


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts