श्वास गन्हाउने समस्या छ ? यस्ता छन् जोगिने उपाय



Download our app to get more features

हामी सामान्य टाउको दुखाइलाई पनि महत्व दिन्छौँ । अलिकति कतै छाला नै खोस्रियो भने पनि उपचारको चिन्ता गर्छौ । तर, जीवनको सबैभन्दा भहत्वपूर्ण अंग मुख र दाँतको स्वास्थ्यमा भने त्यति धेरै ध्यान दिने गरेका हुँदैनौँ ।

मुख र दाँतको स्वास्थ्य निकै महत्वपूर्ण हुन्छ । हामीले दाँत र मुख स्वास्थ्यको ख्याल गरेनौँ भने समयभन्दा अघि नै दाँत रोगी हुने र श्वास गन्हाउनेजस्ता समस्या सुरु हुन्छ । यतिमात्र होइन मुख र दाँत स्वास्थ्यमा ध्यान दिइएन भने मुख र जिब्रोको क्यान्सरबाट बच्न सक्दैनौँ ।

दन्तरोग विशेषज्ञ डा. स्वेता धितालका अनुसार  श्वास गन्हाउने समस्या जुनसुकै उमेरका मानिसमा हुन सक्छ । बालबालिकादेखि नै कुल्ला गर्ने, दाँत माझ्नेलगायतका बानी बसाल्नुपर्छ ।झन् अहिलेको समयमा मास्कको नियमित प्रयोग गर्दा पनि श्वास गन्हाउने गरेको कतिपयले सुनाउने गरेका छन् । त्यसैले श्वास गन्हाउने समस्याबाट जागिन विभिन्न उपाय अपनाउन सकिन्छ ।

श्वास गन्हाउने कारण:

♦ गिजामा पिप जमेर 

♦ पिनास भएमा

♦ पेटको समस्याका कारण

♦ गिजा रोगी भएमा 

♦ दाँतमा खाना अड्केर सडेमा

♦  जिब्रो सफा नगरेमा 

♦  पानीको मात्रा कम भएमा

♦ धूमपान र मद्यपानका कारण

♦ मिर्गौलाको समस्या छ भने

♦ फोक्सोको संक्रमणका कारण


बच्ने उपाय

♦ साँझ बिहान खाना खाइसकेपछि राम्रोसँग दाँत माझ्ने 

♦ जिब्रोको माथिल्लो भाग सफा गर्ने

♦ किरा लागेको र प्वाल भएको दाँचको उपचार गर्ने

♦ खानेबित्तिकै कुल्ला गर्ने

♦ प्रशस्त पानी पिउने

♦ कब्जियतलगायतको समस्याबाट मुक्त हुने

♦ दन्त रोग विशेषज्ञसँग उपचार र परामर्श लिने

♦ श्वासलाई फ्रेस राख्नका लागि मुखमा ल्वांग वा सुकुमेल राखेर विस्तारै चपाउने 

Last modified on 2021-06-06 10:15:50


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts