गर्मीमा पाइने ‘लिची’ खानुको यस्ता छन् फाइदा



Download our app to get more features

अहिलेको समय गर्मी मौसमको हो र तपाईहरु घरमै हुनुहुन्छ । कारण कोरोना महामारीले गर्दा जारी गरिएको निषेधाज्ञाले सबैजना घरमै थुनिनुभएको छ । तर, काम विशेषले घर बाहिर निस्कनु पर्ने हुन्छ । अहिलेको गर्मीमा काम विशेषले पनि कतै जान भने कसैको मन हुँदैन । 

गर्मीको मौसम भनेपछि हामी पहिले नै आफूलाई कसरी गर्मीबाट जोगिन सकिन्छ भनेर अनेक उपाय अपनाउने सोचि राखेका हुन्छौँ । त्यसका लागि सबैभन्दा पहिला खानपान नै पहिलो प्राथमिकतामा आउँछ ।

के खानाले हामीलाई गर्मीमा फाइदा हुन्छ र अनेक रोगहरु लाग्नबाट जोगिन सक्छौँ भनेर विशेष ध्यान पनि पुर्याइराखेका हुन्छौँ । 

गर्मी मौसममा विभिन्न प्रकारका फलहरु सजिलै पाइने गरिन्छ । त्यसमध्ये एक हो लिची । लिची एक यस्तो फल हो जुन गर्मीमा पाइने सबैभन्दा स्वादिलो र प्रसिद्ध फल हो । स्वादमा गुलियो अमिलो र रसिलो हुनुका साथ–साथै स्वास्थ्यका लागि लाभदायक हो लिची ।

लिचीमा कार्बोहाइड्रेट, भिटामिन सी, भिटामिन ए र बी कम्प्लेक्स पर्याप्त मात्रामा पाइन्छ । साथै यसमा पोटासियम, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस र आइरन जस्ता मिनरल्स पनि पाइन्छ ।

नियमित रुपले लिची खानाले अनुहारमा निखार आउनुका साथै बढ्दो उमेरको लक्षणलाई पनि कम गर्ने गर्छ । त्यसबाहेक लिचीले शारीरिक विकासलाई पनि प्रोत्साहित गर्छ । तर, लिची खाने समयमा अत्यधिक खानु पनि पनि नोक्सानदेह हुन सक्छ भन्ने कुरामा ध्यान दिनु पर्छ । किनकी धेरै लिची खानाले छाला चिलाउने, हात खुट्टा सुन्निने र साँस फेर्न समस्या हुन सक्छ ।

जानौँ लिची खानुको फाइदा :

१. बिटा क्यारोटीन र ओलीगोनोलले भरिएको लिचीले मुटुलाई स्वस्थ राख्नमा मद्दत गर्छ ।

२. लिची क्यान्सर कोषिहरुलाई बढ्नबाट रोक्नमा मद्दत गर्छ ।

३. अस्थमाबाट जोगाउनमा लिची खानु फाइदा जनक हुन्छ ।

४. लिचीको प्रयोग गर्नाले कब्जियतमा पनि राहत दिन्छ ।

५. मोटोपन घटाउनका लागि पनि लिची खानु उत्तम हुन्छ । लिचीले इम्यून सिस्टमलाई पनि बढाने काम गर्छ ।

६. यौन जीवनलाई राम्रो बनाउनमा पनि लिची खानु फाइदाजनक हुन्छ । 

 

(बीबीसी फूड)

Last modified on 2021-06-09 12:14:27


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts