यस्ता छन् भ्यान्टा खानुका फाइदा...



Download our app to get more features

भ्यान्टा एक रंगिन तरकारी मध्येको एक हो । धेरैजसोलाई भ्यान्टा मन नपर्न सक्छ तर, भ्यान्टा खानुको फाइदा भने अनेक हुन्छ । तरकारीको रुपमा वा अचारको रुपमा अथवा अन्य परिकार बनाएर भ्यान्टाको सेवन गर्न सकिन्छ । चाहे जुनसुकै परिकारको रुपमा होस तर भ्यान्टालाई आफ्नो खानामा भने अवश्य समावेश गर्नुस् । भ्यान्टा खानका लागि मात्र नभई यसले तपाईंको विभिन्न रोगबाट लड्न मद्दत गर्छ । 

सन् २००८ मा अमेरिकन जर्नल अफ न्यूट्रिशिनमा प्रकाशित अध्ययनका अनुसार भ्यान्टामा फाइबर, पोटाशियम, भिटमिन सी र बीट पाइन्छ । जसले मुटुलाई स्वस्थ र मुटुसँग सम्बन्धीत रोगको खतरालाई कम गर्छ । अध्ययनका अनुसार भ्यान्टाको नियमित सेवनले मुटुको रोग लाग्ने खतरा जो भ्यान्टा सेवन गर्दैनन् तीनको भन्दा निकै कम हुन् । साथै यसमा पाइने भिटामिनले ब्लड क्लट हुनबाट पनि जोगाउँछ ।

रक्तचाप गर्छ कम 
भ्यान्टामा एन्थोसायनिन नामक तत्व पाइन्छ । जसले रक्तचाप कम गर्ने काम गर्छ । हाइपरटेन्शन अर्थात् उच्च रक्तचाप भएका बिरामीका लागि भ्यान्टाको सेवनले रक्तचाप सन्तुलन राख्नमा मद्दत गर्छ र उनलाई रोगबाट पनि टाँढा राख्ने काम गर्छ ।

क्यान्सरबाट जोगाउँछ 
भ्यान्टामा पाइने पलीफेनल्स तत्व एन्टी क्यान्सर हुन्छ भने यसमा एन्टी अक्सिडेन्ट तत्व एन्थोसोयनिन पनि पाइन्छ । अध्ययनका अनुसार यी दुवै तत्वले शरीरमा क्यान्सरका कोषहरुलाई विकसित हुनबाट रोक्ने काम गर्छ र क्यान्सरका कोषलाई बढ्नबाट पनि रोक्छ ।
 
मधुमेह 
भ्यान्टामा पर्याप्त मात्रामा फाइबर पाइन्छ र यसमा सल्यूबल कार्बोहाइड्रेट्स कम हुन्छ । पोषणविदहरुका अनुसार मधुमेह २ बाट पीडितका लागि भ्यान्टाको नियमित सेवन फाइदाजनक हुन सक्छ । यसले इन्सुलिनको मात्रालाई नियन्त्रण गर्नमा निकै मद्दत गर्छ ।

 

(बीबीसी फूड)

Last modified on 2021-06-11 10:15:12


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts