यी ८ तत्त्वको सेवनले तपाईंको फोक्सोलाई स्वस्थ र बलियो बनाउने काम गर्छ



Download our app to get more features

कोरोनाको जोखिम अझैपनि कायमै छ । दोस्रो लहरको क्रममा हामी रहेको बेला कसरी कोरोनाको संक्रमणबाट जोगिनेमा सबैको ध्यान केन्द्रीत छ । विशेषगरी फोक्सोलाई प्रभावित पार्ने कोरोना भाइरसबाट जोगिन दिन दिनै विभिन्न उपाय अपनाइरहँदा पनि कुनै न कुनै रुपमा संक्रमित भइन्छ । त्यसकारण सावधानी र स्वास्थ्यका मापदण्ड लागू गर्ने र गराउने गर्नुपर्छ । 

श्वासप्रश्वासमा समस्या गराउने कोरोनाले पहिलो आक्रमण फोेक्सोलाई गर्ने हुँदा फोक्सोको स्वास्थ्यलाई विशेष ध्यान दिनु आवश्यक हुन्छ । आज हामी तपाईंलाई केही खानेकुराको बारेमा बताउँदै छौं जसले तपाईंको फोक्सोलाई बलियो बनाउने काम गर्छ ।

स्याउ


स्याउमा एन्टी अक्सिडेन्ट र भिटामिन सी पर्याप्त मात्रामा हुन्छ । यसले फोक्सोलाई स्वस्थ राख्ने काम गर्छ । त्यसकारण प्रत्येक दिन एउटा स्याउको सेवन गर्नु उचित मानिन्छ ।

ओखर


ओखरमा ओमेगा ३ फ्याटी एसिड हुन्छ । प्रत्येक दिन एक मुट्ठी ओखरको सेवन गर्नाले फोक्सो बलियो हुन्छ ।

ब्रोकाउली


ब्रोकाउलीमा एन्टी अक्सिडेन्ट पर्याप्त मात्रामा हुन्छ । यसले फोक्सोलाई स्वस्थ राख्नुका साथै स्ट्यामिनालाई पनि बढाउने काम गर्छ ।

फ्याटी फिस


फ्याटी फिस अर्थात् बोसोको मात्रा बढी भएको माछामा ओमेगा ३ एसिड हुन्छ । यसले फोक्सोलाई स्वस्थ र बलियो राख्ने काम गर्छ ।

बेरिज


बेरिजमा पाइने एन्टी अक्सिडेन्टले फोक्सोलाई स्वस्थ राख्ने काम गर्छ । क्रैनबेरी, अंगुर र स्टरेबेरी फोक्सोको स्वास्थ्यका लागि राम्रो मानिन्छ । 

चुकुन्दर


चुकुन्दरमा पर्याप्त मात्रामा नाइट्रेट पाइनछ । यसले फोक्सोमा संक्रमण हुन दिँदैन र भएको संक्रमणलाई निको बनाउने काम गर्छ ।

एप्रिकोट


एप्रिकोटमा भिटामिन ए हुन्छ । यसले फोक्सोलाई स्वस्थ राख्ने काम गर्छ भने संक्रमणलाई पनि कम गर्छ । एप्रिकोट (हलुवाबेद) का साथै आरु र आरु बुखाडा पनि खान सकिन्छ ।

पानी


पानी फोक्सोका लागि अति आवश्यक तत्त्व हो । पानीले फोक्सोलाई प्यूफाइ गरेर रोगबाट टाढा राख्ने काम गर्छ ।


(बीबीसी फूडमा आधारित)

Last modified on 2021-06-13 10:17:35


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts