मज्जाले हाँस्नुस्, हाँस्दा हुन्छ धेरै फाईदा



Download our app to get more features

काठमाडौं, १ असार । पछिल्लो केही समययता क्वारेन्टाइन, सामाजिक दूरी तथा कोरोनाले पुर्‍याएको क्षतिबारेको दुखदसमाचारहरूले धेरै मानिसको मनमा निरशा, त्रास एवं तनावको वातावरण सिर्जन गरेको छ।

विभिन्न अनुसन्धानहरूले निराशा एवं तनावले मुटुमा नकारात्मक प्रभाव पार्ने देखाएका छन्। बरु हाँसो, खुसी एवं उमंगले मुटुको सुरक्षा तथा सम्बर्द्धनमा सघाउ पुर्‍याउनसक्छ।

हालैको एक अध्ययनले हाँसोले स्वस्थ रक्तवाहिनीको विकासमा भूमिका खेल्ने देखाएको छ। अध्ययनका अनुसार हाँस्दा दिमागमा पैदा हुने ‘इन्डोरफिन’ नामक रसायनले रक्तवाहिनीको भित्री रेशालाई सक्रिय गराउँदछ।

त्यो सक्रिय रेशाले ‘निट्रिक अक्साइड’ नामक ‘मलिक्युल’ पैदा गर्छ जसले शरीरको धमिनीहरुलाई आराम एवं सहजता प्रदान गर्दछ। यसैगरी अध्ययनले हाँस्दा ‘कोर्टिसोल’ र ‘इपिनफ्रिन’ नामक ‘स्टे«स हर्मोन’ (तनावको श्रृजना गर्ने रसायन) को उत्पादनमा कमी आउने देखाएको छ।

कोर्टिसोल र इपिनफ्रिन रक्त वाहिनीमा संकुचन ल्याउने हर्मोन हुन् जसले उच्च रक्त चाप, स्ट्रोक र हृदयघात लगायतको जोखिमलाई बढाउँछ।

यसैगरी, हाँसोले शरिरमा एण्टीबडी उत्पादन गर्ने कोषहरुमा बृद्धि ल्याइ ब्यक्तिको रोगसँग लड्ने क्षमतालाई बढाउने पनि अध्ययनले देखाएको छ।
हाँस्दा हाम्रो शरीरमा एक किसिमको हर्मोन उत्पन्न हुन्छ , जसले तनाव कम गर्छ । त्यसैले, दिल खोलेर हाँसौ । कठिन परिस्थितिमा पनि हाँस्न सक्नु नै स्वस्थ रहने सरल उपाय हो । 

 हाँस्दा शरीरका अंगहरू सक्रिय हुने गर्छन् । जसकारण हाम्रो शरीरमा स्वतः ऊर्जा आउँछ । खुलेर हाँस्दा रक्तप्रवाह राम्ररी हुन्छ । शरीरमा पर्याप्त अक्सिजन पुग्छ र मुटुको पम्प रेटलाई ठीक राख्न मद्दत हुन्छ । त्यस्तै, हाँसोले प्रतिरक्षा प्रणाली पनि बलियो बनाउने भएकाले शरीरलाई बाहिरी ब्याक्टेरियाबाट जोगाउँछ । साथै, अनिद्राको समस्या हटाउन पनि हाँस्न जरुरी छ । 


 व्यवसाय गर्ने मानिस प्रायः सधैँ हँसिलो देखिन्छ । अरूको मन जित्नका लागि पनि मुस्कुराउन जरुरी छ । मुस्कुराउने वा नरम हुनाले एक–अर्कासँगको सम्बन्ध सुमधुर बनाइदिन्छ । जो व्यवसायीका लागि सकारात्मक पक्ष हो । हँसिला मानिस मात्र व्यवसायमा सफल छन् भन्ने प्रमाणित भइसकेको तथ्य हो । 

 जब हामी हाँस्छौँ, फोक्सोमा ताजा हावा पुग्छ । यसले शरीरमा अक्सिजनको आपूर्ति सहज बनाइदिन्छ । अनि, शरीरमा सकारात्मक ऊर्जा प्रदान हुन्छ । खुलेर हाँस्दा पीडा, चिन्ता दूर गराउँछ र नकारात्मक भावना पैदा हुन दिँदैन । बिहानको ताजा हावामा उन्मुक्त तरिकाले हाँस्नुपर्छ । अनि, बिहानैदेखि खुसी छाउँछ । 

 अमेरिकामा भएको एक अध्ययनले हँसिला मानिसको परिवारमा सम्बन्धविच्छेद कम हुने देखाएको थियो । मुस्कुराएर बोल्दा परिवारमा झै–झगडा कम हुने र सम्बन्ध सुमधुर रहने हुन्छ । यसले एक–अर्कामाथि द्वेषको भावना आउँदैन । फलस्वरूप सामाजिक सम्बन्धसमेत बलियो हुन्छ ।
एजेन्सीको सहयोगमा

Last modified on 2021-06-15 12:13:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts