सुदूरपश्चिम बजेट

सुदूरपश्चिम सरकारले अस्पताल स्तरोन्नतिको लागि छुट्यायो २ अर्ब ४२ करोड



Download our app to get more features

काठमाडौं, १ असार । सुदूरपश्चिम प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि २०७८र०७९ का लागि ३० अर्ब ३३ करोड रुपैयाँको बजेट ल्याएको छ । प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् । 

बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ । अस्पताल स्तरोन्नति तथा सेवा सुधार वर्ष कार्यक्रम सञ्चालन गर्न दुई अर्ब ४२ करोड ५८ लाख, कोरोना लगायतका महामारी रोकथाम र उपचारका लागि ९० करोड, विद्यालय सुधार कार्यक्रमका लागि एक अर्ब १७ करोड र महिला सशक्तिकरण कार्यक्रमका लागि पाँच करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

स्थानीय प्रदेश सरकारको साझेदारीमा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पुर्‍याउन आधारभुत स्वास्थ्य भवन निर्माण गर्न एक करोड रुपैयाँ विनियोजन गरिएको छ।

प्रदेश सरकारले ‘हाम्रो प्रदेश, स्वास्थ्य प्रदेश’ कार्यक्रम, मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम, स्वास्थ्यकर्मीलाई प्रोत्साहन लगायतका कार्यक्रमलाई निरन्तरता दिएको छ।

यस्तै, बादी समुदायको गरिबी न्यूनीकरणका लागि तीन करोड, कैलाश मानसरोवार प्रवेशद्वार निर्माणका लागि २० करोड ९० लाख, खप्तडमा पूर्वाधार विकास गर्न दुई करोड ५० लाख, सशस्त्र द्वन्द्वमा पीडित र घाइते परिवारलाई रोजगार बनाउन १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री शाहले बताए । 
 

Last modified on 2021-06-16 09:36:44


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts