बालबालिकाको आँखामा एलर्जी भयो भने यी उपाय अपनाउनुहोस्...



Download our app to get more features

बालबालिका भनेको निकै नै संवेदनशिल हुन्छन् । त्यसमा पनि पाँच वर्षसम्मका उमेर समूहका बालबालिकामा कुनैपनि समस्या भएमा सहजै भन्न नसक्नेपनि हुन्छन् । तीनिहरुको स्वास्थ्यमा विशेष ध्यान दिइएन भने ठूलो समस्याको सामना गर्नुपर्ने हुन सक्छ । 

बच्चाहरुमा विभिन्न स्वास्थ्य समस्या देखिनेमा आँखाको एलर्जी पनि एक हो । बच्चाहरुमा एलर्जीका कोषिकाहरु धेरै हुने भएकाले यो उमेर समूहका बालबालिकामा एलर्जी देखिने गरेको हुन्छ । सबैभन्दा बढी गर्मी त्यसपछि जाडो मौसममा पनि बालबालिकाका आँखामा एलर्जी देखिन्छ । 

यो उमेर समूहका बालबालिकामा हरेक वर्ष पनि आँखामा एलर्जी देखिन सक्छ । बच्चाहरुमा एलर्जीका कोषिकाहरु धेरै हुन्छन्, त्यसैले खासै आत्तिनु पर्दैन । आँखामा एलर्जी भएपछि संयम भने अपनाउनुपर्छ । बालबालिकामा एलर्जी भए के गर्ने ? आँखारोग विशेषज्ञ डाक्टर वेन लिम्बू यसो भन्छन्ः

♦ यो उमेर समूहका बालबालिकामा एलर्जीका कोषिकाहरु धेरै हुने भएकाले एलर्जीले सताइरहन्छ ।

♦ आँखामा एलर्जी हुँदा आँखा रातो हुने, आँखा धमिलो हुने, आँखाको डिल सुनिने, आँखाबाट सेतो पदार्थ निस्कने जस्ता समस्या देखिए चिकित्सककहाँ जानुपर्छ  ।

♦ यस्तो बेला घाम र धूलोमा हिंड्नु हुँदैन् । घाम र धूलोमा केमिकल बढी हुने भएकाले आँखाको संक्रमण बढ्ने खतरा बढी हुन्छ । धूलो र घामले एलर्जी बढाउँछ । 

♦ एलर्जी कम गर्ने औषधिको प्रयोग गर्नुपर्छ ।

♦ चिकित्सकको सल्लाहअनुसार औषधी लगाएपछि एलर्जी चाँडै सञ्चो  हुन्छ ।

♦ बाहिर हिड्दा आँखाको सुरक्षाका लागि चस्माको प्रयोग गर्न सकिन्छ । जसले गर्दा कीटाणु सीधै आँखामा छिर्न पाउँदैनन् । 

♦ जाडो मौसममा पनि आँखामा चिसो हुने भएकाले ध्यान दिनुपर्छ । चिसोले गर्दापनि आँखाबाट आशु आइराख्ने, आँखा रातो हुने जस्ता समस्या देखिन सक्छ । समस्या झन् बढ्यो भने चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

♦ बाहिर गएर आएपछि साबुन पानीले हात राम्रोसँग धुनुपर्छ । दिनको तीनपटक आँखा सफा पानीले बिस्तारै धुनुपर्छ । 

हुन त अहिले कोरोनाका कारण सबै जना घरमै छन् र यी उमेर समूहका बालबालिकापनि अनलाईन अध्ययन गर्ने गरिरहेका छन् । लामो समयसम्म मोइबाइल वा ल्यापटप अथवा कम्प्युटर हेर्दा आँखा दुख्ने, टाउको दुख्ने, चिलाउने, जस्ता समस्या निम्नित सक्छन् । त्यसकारण उनीहरुको आँखा स्वास्थ्यको विशेष ख्याल गर्नुपर्ने हुन्छ । 

आँखालाई आराम दिँदै र भिजिबिलिटी ठिक मात्रामा गरेर पढ्न दिनुपर्छ । समस्या देखिए डाक्टरलाई सम्पर्क गर्नुपर्छ ।

Last modified on 2021-06-18 10:34:30


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts