तेज कोहली रुइत फाउन्डेशनद्वारा सिन्धुपाल्चोकको बाढी प्रभावितलाई राहत वितरण



Download our app to get more features

काठमाडौं, ६ असार । तिलगंगा आँखा प्रतिष्ठानले झन्ट्राल रिम्पोचे तथा तेज कोहली रुइत फाउन्डेशनको सहयोगमा सिन्धुपाल्चोकका बाढी प्रभावितलाई राहत वितरण गरेको छ ।

सिन्धुपाल्चोकका हेलम्बु गाउँपालिका तथा मेलम्ची नगरपालिकाका बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रका बासिन्दालाई फाउन्डेशनले खाद्यान्न लगायतका अन्य आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको हो ।

प्रतिष्ठानका प्रमुख वित्त अधिकृत रामचन्द्र अधिकारीको नेतृत्वमा गएको टोलीले हेलम्वु गाउँपालिकाका वडा नं. २ का अध्यक्ष छिरिङ्ग ग्याल्बु लामालाई खाद्यान्न लगायतका अन्य आवश्यक स्वास्थ्य सामग्री र मेलम्चीका वडा अध्यक्ष रुद्र दुलाललाई एन्टिजेन किट हस्तान्तरण गरेको हो ।

सामग्रीमा ३६ सय ५० किलो चामल, ३ सय किलो गेडागुडी,  ३ सय किलो दाल, ३ सय किलो आटा, १ सय ५० किलो नुन, चिनी ३ सय किलो, चिउरा ७ सय किलो, ३ सय वटा सावुन १ सय ५० लिटर खाने तेल, मसला, वेसार, मस्यौरा १ सय ५० किलो, मन्जन, व्रस, चियापत्ती, पियुष, जीवनजल ८ सय प्याकेट, स्यानीटरी प्याड, सिटामोल तथा ५० पिस एन्टिजेन किट हेलम्वु गाउँपालिकामा भने १ सय ५० एन्जिटेन किट मेलम्चीलाई हस्तान्तरण गरियो ।

कोभिड १९ ले आक्रान्त पारेको समयमा अर्कोतिर प्राकृतिक प्रकोपले थपेको पीडामा केहि भए पनि मलम लगाउने प्रयास स्वरुप प्रतिष्ठानले सहयोगी हात बढाएको बताएको हो ।

Last modified on 2021-06-20 18:06:45


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts