चिया सिड्सको सेवनले कस्ता फाइदाहरु हुन्छन् ? जानौं



Download our app to get more features

शरीरमा यदि रोगसँग लड्ने क्षमता कमजोर हुन्छ भने तपाईंलाई विभिन्न रोगले आक्रमण गर्न सक्छ । रोग लाग्ने मुख्य कारण भनेकै प्रतिरोधात्मक क्षमता कमजोर हुनु हो । त्यसबाहके यदि शरीरलाई चाहिने आवश्यक तत्त्वहरुको कमी र खानपान लगायतमा वेवास्ता गर्दा पनि रोगहरु लाग्ने हुन्छ भने कतिपय रोग त वंशाणुगत हुनाले पनि लाग्ने गर्छ । 

रोग नलागोस भनेर तपाईं विभिन्न उपाय अपनाउनु हुन्छ  । तौल कम गर्नका लागि विभिन्न उपाय अपनाउनेदेखि रोगसँग लडने क्षमता बलियो बनाउनका लागि पनि तपाईं अनेक उपाय अपनाउने गर्नु हुन्छ । तीनै मध्येको एक उपाय चिया सिड्सको सेवन हो । 

चिया सिड्सको सेवनले के-के फाइदा हुन्छ ? जार्नौ

  • चिया सिड्समा एन्टीअक्सिडेन्ट पर्याप्त मात्रामा पाइन्छ । यसमा सबै आवश्यक पोषक तत्त्वहरु पाइन्छ । जसले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतलाई बढाउने काम गर्छ ।
  • चिया सिड्समा ६० प्रतिशत ओमेगा ३ फ्याटी एसिड हुन्छ । यसले उच्च रक्तचाप र कोलेस्ट्रोल कम गर्छ ।
  • चिया सिड्सले मुटुको रोगबाट टाढा राख्ने काम गर्छ । यसले ब्लड क्लटिंकलाई रोक्ने र इन्फ्लेमेसनलाई पनि कम गर्छ ।
  • चिया सिड्समा पर्याप्त मात्रामा फाइबर हुन्छ । जसले तौल कम गर्नमा मदत गर्छ ।
  • चिया सिड्सले रगतमा सुगरको मात्रालाई कम गर्छ र डाइजेशनलाई पनि राम्रो बनाउँछ ।
  • चिया सिड्समा अत्यधिक मात्रामा प्रोटिन हुन्छ । यसमा आवश्यक सबै अमिनो एसिड हुन्छ । त्यसकारण शाकाहारी मानिसहरुलाई पनि यसको सेवन गर्नुपर्छ ।
  • चिया सिड्सले शरीरबाट फ्रि रेडिकल्स कम गर्छ । यसले संक्रमणको खतरा कम गर्छ ।
  • चिया सिड्सले बढ्दो उमेरको लक्षणलाई कम गर्छ । यसको सेवनले छाला जवान बनिरहन्छ ।
  • चिया सिड्स फल, स्मूदी वा कुनैपनि मिठाईमा प्रयोग गरेर सेवन गर्न सकिन्छ । यसलाई सादा पानीमा राखेर पनि सेवन गर्न सकिन्छ ।

 

बीबीसी फूड

Last modified on 2021-06-22 11:40:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts