पोखरामा पनि रोकियो खोप अभियान



Download our app to get more features
Spark_health_home

कास्की, २ साउन । पोखरा महानगरपालिकाले सुरु गरेको खोप अभियान शनिबारबाट स्थगित भएको छ । ५५ वर्षका माथिका नागरिकका लागि ‘जनसन एन्ड जनसन’ को एक डोज मात्र लगाए पुग्ने कोरोनाविरुद्धको खोप दिने घोषणा गरेको थियो । सोही अनुसार महानगरले पनि अभियान सुरु गरेको थियो ।

‘जनसन चलाउने भनेर हामीलाई मन्त्रालयबाट निर्देशन आयो । त्यही अनुसार हामीले खोप केन्द्र पनि तोक्यौं,’ महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हरिलाल आचार्य भन्छन्, ‘पछि जनसन नचलाउने भनेर जानकारी आएपछि भेरोसेल नै लगायौं ।’ भेरोसेल खोप सकिएपछि खोप अभियान रोकिएको छ । पोखरा १८ देखि ३३ वडाबाहेक अन्य वडाका ५५ वर्ष माथिका उमेर समूहले जनसन खोप दिने तयारी छ ।

कतिवय वडामा ६२ देखि माथिका उमेर समूहका लागि आएको खोप समेत २०/२२ उमेर समूहले लगाएको सार्वजनिक नै भइसकेको छ । लक्षित वर्गलाई आएको खोप भनसुनका आधारमा अरुले लगाउँदा खोप अभाव हुन गएको महाशाखाको भनाइ छ ।
 

alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts