पोखरा महानगरले मेयर जिसीको उपचारका लागि १० लाख उपलब्ध गराउने



Download our app to get more features

पोखरा, ५ साउन । कास्कीको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीको उपचार खर्चका लागि महानगरले १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

मस्तिष्कघात भएपछि काठमाडौंको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचाररत जीसिको उपचारमा आवश्यक पर्ने खर्चमा सहयोग स्वरुप महानगरपले १० लाख दिने भएको हो ।

पोखरा महानगरको मंगलबार बसेको ५१ औं कार्यपालिका बैठकले मेयर जिसीको उपचारका लागि रकम उपलब्ध गराउने निर्णय गरेको हो । उक्त रकम प्रकोप व्यवस्थापन कोषबाट उक्त रकम खर्च गर्ने निर्णय भएको महनगरका प्रवक्ता धनबहादुर नेपालीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

शुक्रबार बिहान स्वास्थ्यमा समस्या देखिएपछि मेयर जिसीलाई उपचारका लागि मणिपाल अस्पताल लगिएको थियो । 

शुरुमा मेयर सचिवालयले हृदयघात भनेर सूचना प्रवाह गरे पनि मणिपालमा मस्तिष्कघात भएको पुष्टि भएको थियो । उच्च रक्तचापका कारण नसामा असर परेको देखिएको थियो । नसाकै कारण उनको शरीरको देब्रे भागमा पनि समस्या देखिएको थियो ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts