गोरखाको बारपाकमा लगाइयो जोन्सन एण्ड जोन्सनको खोप



Download our app to get more features

गोरखा, ८ साउन । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज जोन्सन एण्ड जोन्सनको खोप लगाइएको छ । अमेरिकी सरकारले उपलब्ध गराएको जोन्सनको खोप एक डोज मात्र लगाए पुग्ने खोप हो ।

बारपाक सुलिकोट गाउँपालिकाका लागि १५० डोजमात्र खोप उपलब्ध भएको स्थानीय मानबहादुर गुरुङले जानकारी दिए । बारपाकका लागि उक्त मात्रा खोप निकै कम भएको उनको भनाइ थियो । उनले सबैले खोप लगाउन पाए मात्र गाउँ नै पुरै सुरक्षित हुने बताए ।

चिनियाँ खोप साउन १३ गते आउने जानकारी पाएको बताउँदै उनले जोन्सनको खोप भने आज एक दिनमात्र लगाउन पुग्ने हाम्रो डाक्टरलाई जानकारी दिए ।

Last modified on 2021-07-23 20:03:47


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts