चितवनमा ३६ हजारभन्दा बढीले लगाए जोन्सन एन्ड जोन्सनको खोप



Download our app to get more features
Spark_health_home

चितवन, २० साउन । चितवनमा एक डोज मात्रै लगाए हुने जोन्सन एन्ड जोन्सन कम्पनीको कोरोनाविरुद्धको खोप ‘ज्यान्सिन’ ३६ हजारभन्दा बढीले लगाएका छन् ।  

जिल्लामा गत बिहीबारदेखि यो खोप लगाउन सुरू गरिएको थियो । अभियान अन्तर्गत ३६ हजार ८ सय ५३ जनालाई ‘ज्यान्सिन’ खोप लगाइएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । अभियानको पहिलो दिन गत बिहीबार १५ हजार २ सय २८ जनाले सो खोप लगाएका थिए । जसमा ८ हजार ३१ जना पुरूष र ७ हजार १ सय ९७ जना महिला रहेका छन् । 

त्यस्तै, अभियानको दोस्रो दिन गत शुक्रवार १६ हजार ३ सय ७८ जनाले सो खोप लगाएका छन् । जसमा ८ हजार ५ सय ६९ जना पुरूष र ७ हजार ८ सय ९ जना महिला रहेका छन् । 

स्थानीय पालिकाले आफ्नो खोप तालिका तयार पारी सोही अनुसार खोप सञ्चालन गरेका थिए । कार्यालयका अनुसार ५० देखि ५४ वर्ष उमेरसमूहलाई यो खोप लगाइएको छ । त्यस्तै पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका नागरिक, नेपालमा रहेका शरणार्थी र सरसफाइकर्मी पनि यसपटक लक्षित वर्गमा थिए । 

त्यसबाहेक जोन्सन एन्ड जोन्सन खोप अनिवार्य गरिएका राष्ट्रहरूमा जाने व्यक्तिहरूले पनि राहदानी र प्रवेशाज्ञाको प्रमाण देखाएर उक्त खोप लगाइएको छ । त्यस्तैगरी स्वास्थ्य संस्था कार्यरत यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी तथा सरसफाइकर्मीले समेत यो खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । खोप कार्यक्रम गत बिहीवार र शुक्रवार दुई दिन चल्ने भनिएपनि केही स्थानीय तहले आफ्नो तालिका अनुसार मंगलवारसम्म लगाएका थिए ।

यसअघि चितवनमा भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड र चिनियाँ खोप भेरोसिल लगाइएको थियो । जसअन्तर्गत विभिन्न उमेरसमूह र क्षेत्रका आधारमा यी खोप लगाइसकिएको थियो । कोरोना नियन्त्रणको लागि जिल्लामा खोपलाई तीव्रता दिइएको छ ।

Last modified on 2021-08-04 08:10:04

  1. जय पाठक (जेपी)

    स्वास्थ्यकर्मीसमेत रहेका पाठक हाम्रो डक्टर न्यूजका चितवन ब्यूरो प्रमुख हुन् ।

    View Other Stories by Author >>
alka Norvic Hospital
NIdan Hospital

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Related Posts