कोरोना खोप नलगाई भारत जाँदै नेपाली कामदार



Download our app to get more features

काठमाडौं, २० साउन । कोरोना भाइरसविरुद्धको खोप उपलब्ध भएका देशमा अर्थतन्त्र चलायमान भएपछि विदेशी कामदार उच्च प्राथामिकतामा देखिएका छन् । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसविरुद्धको खोप स्वीकृत गरेपछि नेपाली कामदारहरुको प्रमुख गन्तव्य खाडीका विभिन्न मुलुक र छिमेकी राष्ट्र भारत परेको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसविरुद्धको खोपलाई स्वीकृत गरेतापनि सुदूरपश्चिम प्रदेशमा कोरोना खोप नलगाई भारत जाने नेपाली कामदारको लर्को भने दिनानुदिन बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसविरुद्धको खोपलाई उच्च प्राथामिकता दिएतापनि भारतमा रोजगारीका लागि जाने कामदारहरुले कोरोना खोप नलगाई भारत प्रवेश गर्नेगरेको पाइएको छ ।

भारतले कोरोना खोप लगाएर मात्रै भारत प्रवेश गर्नुपर्छ भनेर बाध्य बनाएको छैन । खोप नलगाएपनि प्रवेश अनुमति दिएको छ । त्यही भएर कोरोना भाइरसविरुद्धको खोप नलगाएको आलिताल गाउँपालिकाका प्रमोद बोहराले बताए । उनले भने, 'अब भारतमा गएर कोरोना खोप लगाउँछौं ।'

रोजगारीका लागि भारत जानेको लर्को धनगढीको त्रिनगर भन्सारमा दैनिक लगभग ३५ सयको हाराहारीमा देखिन्छ । यि कसैले पनि कोरोनाखोप नलगाई भारत प्रवेश गर्ने गरेका छन् । खाडी मुलुकका कतिपय देशले आफुले मान्यता दिइएको खोप नलागएकालाई आफ्नो देशमा प्रवेश गर्न दिएको छैन । यूएईले त झन् नेपाललाई प्रतिबन्ध नै लगाएको छ । 

फाइजर, बायोनेटक, मोर्डना, जोन्सन एण्ड जोन्सन र अक्ट्राजेनका गरी पाँच कम्पनीका खोपलाई विश्व स्वास्थ्य संगठनले मान्यता नै दिएको छ । तर,नेपालमा भारत जाने कामदारहरुले मात्र हैन ? नेपालमै रहेका नेपालीहरुले समेत कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन् ।

भारतले पहिलो चरणको कोरोना भाइरस (कोभिड-१९) शुरु भएलगत्तै भारतमा रोजगारमा रहेका आधा नेपालीलाई नेपालमै फर्काइका थिए । नेपालमा आफ्नो भविष्य नदेखेपछि रोजगारकै लागि ती नेपाली भारतमै फर्कन बाध्य भएका छन् । सरकारले भारतमा रोजगारका लागि जाने कामदारहरुलाई कोरानाविरुद्धको खोप लगाउन चासो देखाएको छैन ।

'नेपाल र भारत छिमेकी राष्ट्र भएकै कारण भारत जाने नेपाली कामदारलाई कोरोना खोप नलगाएको हो कि ?,' भारत जाने कामदारको जिज्ञासा रहेको छ ।

भारतले खोप नलगाएको कामदारलाई सहजै प्रवेश अनुमति दिएपनि भारतमा पुगेपछि कम्तीमा १५ दिन अनिवार्य क्वारन्टिनमा अनिवार्य बस्नुपर्छ । कैलाली स्वास्थ्य कार्यालयका प्रमख लालबहादुर धामीका अनुसार कोरोना खोप अनिवार्य गरिएको छ ।

उनले भने, 'कसैले खोप लगाएर जाने गरेका छन् भने कसैले नलागाई जाने गरेका छन् । भारतमा रोजगार जानेका लागि अनिवार्य भने गरेका छैनौँ । तर, खाडी मूलुकका लागि भने अनिवार्य गरेका छौँ ।'

उनले भारत जाने कति कामदारले कोरोनाविरुद्धको खोप लगाएका छन् भन्ने यकिन तथ्यांक नभएको बताए । अबका दिनमा नाकाको प्रवेशद्वारमा गएर रोजागारीका लागि जाने कामदारलाई खोप लगाउने अभियान शुरु गर्ने उनले जानकारी दिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts