मुस्ताङ बन्यो पूर्ण खोप लगाउने दोस्रो जिल्ला



Download our app to get more features

मुस्ताङ, २० साउन । हिमालपारीको जिल्ला मुस्ताङले १८ वर्ष माथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाएका छन्। मुस्ताङ १८ वर्षका सबै नागरिकलाई खोप दिने दोस्रो जिल्ला बनेको छ। 

स्वास्थ्य कार्यालय मुस्ताङका निमित्त प्रमुख टिकाराम भण्डारीका अनुसार जिल्ला भित्रका १८ वर्ष पुरा गरेका सबै नागरिकले कोभिड–१९ विरुद्धका खोप लगाएका हुन्। 
अहिले सम्म नौ हजार ५ सय ८ जना नागरिकले पूरा मात्रा खोप लगाइ सकेका छन्।

जिल्ला खोप अनुगमन तथा समन्वय समितिको बैठकको निर्णय बमोजिम नै खोप लगाइएको र जिल्ला भित्र कुनै पनि मिसयुज नभएको भण्डारीले बताए। भेरोसेल खोप पहिलो डोज लगाएका २४२ दोश्रो डोज लगाउन बाँकी भए पनि लक्षित वर्ग सबै खोपको दायरामा आइसकेका छन्।

मुस्ताङमा हाल सम्म ५१८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएकोमा अहिले २० जना सक्रिय संक्रमित रहेका छन्। पूर्ण खोप लगाउने पहिलो जिल्ला मनाङ बनेको छ।

 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts