सरकारले साउन २२ गतेदेखि देशैभर भेरोसेल खोप अभियान सञ्चालन गर्ने 



Download our app to get more features

काठमाडौं,२० साउन । सरकारले साउन २२ गतेदेखि देशैभर कोरोनाविरुद्धको भेरोसेल खोप अभियान सञचालन गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले  ७ वटै प्रदेशका प्रदेश स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्लाको स्वास्थ्य कार्यलयलाई पत्र पठाएर यस्तो आग्रह गरेको हो । 

सरकारले २०७८ साउन २९ गतेदेखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरुलाई भेरोसेल खोप पहिलो मात्रा प्रदान गरिएकोमा पहिलो मात्रा खोप पाएको २१ दिन पुगेका  सबै व्यक्तिहरुलाई दोस्रो मात्रा खोप दिने गरी २०७८ साउन २२ गतेदेखि देशभर अभियान सञ्चालन गर्न भनेको हो । 

त्यसैगरी हालसम्म खोप लगाउन बाँकी रहेका व्यक्तिहरुले खोप लगाउनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेभसाइटबाट अनिवार्य रुपमा प्रि रजिस्ट्रेसन गर्नुपर्ने पनि मन्त्रालयले बताएको छ ।

 

Last modified on 2021-08-04 17:00:59


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts