भरतपुर अस्पतालमा निशुल्क उपचार गराउनेको संख्या बढ्यो

थप आर्थिक भार

What's This?


Download our app to get more features

चितवन, २७ साउन । चितवनको सवैभन्दा ठूलो सरकारी भरतपुर अस्पतालमा निःशूल्क सेवा लिन आउने बिरामीको संख्यामा भारी वृद्धि भएको छ । अस्पतालका अनुसार गर्त आर्थिक वर्षको तुलनमा यो वर्ष आउने ६६.१ प्रतिशतले बिरामीको संख्यामा बृद्धि भएको हो । 

अस्पतालको सामाजिक सेवा इकाईको अनुसार अस्पतालमा ६ हजार ३ सय ६५ जना बिरामीले निःशूल्क सेवा लिएका छन् । त्यसमा २ हजार ९ सय २५ पुरूष र ३ हजार ४ सय ४० महिला छन् । 

अघिल्लो आर्थिक बर्षमा भूकम्प पीडित सहित जम्मा ३ हजार ८ सय ३२ जनाले निःशूल्क सेवा लिएका थिए । गत आर्थिक वर्षमा गरीव एवं अति गरिब ३ हजार ४ सय ६३ जना र जेष्ठ नागरिक २ हजार ३ सय ९० जनाले निःशूल्क सेवा लिएको इकाई प्रमुख नारायणप्रसाद सापकोटाले जानकारी दिए । यस्तैं लैगिंक हिंसा पीडित १२ जनाले पनि निःशूल्क सेवा लिएको सापकोटाले बताए । 

अस्पतालमा गत आर्थिक वर्ष १ हजार १ सय ९१ जना चेपाङ, ७६ जना बोटे, ४४ जना माझी, ६ जना मुसहर समुदायका बिरामीले निशुल्क उपचार सेवा लिएका छन् । यी समुदायका बिरामीलाई अस्पताल बिकास समिती आफैले खर्च व्यहोर्ने गरेको अध्यक्ष विजय सुवेदीले जानकारी दिए ।

हरेक वर्ष निःशूल्क तथा आधा शुल्क मात्रै तिरेर उपचार गराउनेको संख्या बढेसँगै अस्पतालको आर्थिक दायित्व पनि वृद्धि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. रूद्रप्रसाद मरासिनीले बताए । 
 
मरासिनीका अनुसार अघिल्लो आर्थिक वर्षमा अस्पतालमा सामाजिक सेवा इकाई मार्फत ७४ लाख १८ हजार ६२ रुपैया बराबरको निःशूल्क उपचार प्रदान गरिएको छ । गत आर्थिक वर्षमा मात्र १ करोड १ लाख १५ हजार ६३ रुपैया खर्च भएको छ । जसमध्ये आर्थिक वर्ष २०७२÷७३ मा नेपाल सरकारको ६७ लाख र अस्पताल बिकास समितीको ३४ लाख बरावरको रकम निःशूल्क उपचारका लागि खर्च गरिएको अस्पतालले जनाएको छ । 

अस्पतालमा निशुल्क सेवा लिन आउँदा नेपाल सरकारका निकाय वा अन्य कुनै सामाजिक संस्थाले जारी गरेको परिचयपत्र, नागरिकताको प्रमाणपत्रका साथै स्थानीय निकायको सिफारिस साथमा ल्याउनुपर्ने व्यवस्था छ ।  


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts