विश्वभर एकैदिन थपिए ३६ लाखभन्दा बढी सङ्क्रमित, मृत्यु हुनेको सङ्ख्या ५६ लाख नाघ्यो



Download our app to get more features

एजेन्सी, ८ माघ । विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ५६ लाख नाघेको छ । 

कोरोना महामारीको तेस्रो चरणको लहर सुरु भएपछि मृत्युदर कम रहेपनि पछिल्लो एक सातादेखि मृत्युदर बढेको छ । गत २४ घन्टामा मात्रै विश्वभर ९ हजार २९ जनाको कोरोनाका कारण मृत्यु भएको छ । 

पछिल्लो समय अमेरिका, बेलायत, भारत, रुस, फ्रान्स लगायतका मुलुकमा कोरोनाका कारण मृत्यु हुनेदर बढेको छ । गत २४ घन्टामा अमेरिकामा २ हजार ७ सय ७७, रुसमा ६ सय ९२, भारतमा ४ सय ८९, ब्राजिलमा ३ सय ९६, इटलीमा ३ सय ७३, मेक्सिकोमा २ सय ७८, बेलायतमा २ सय ८८ र पोल्याण्डमा २ सय ४८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ५६ लाख ३ हजार ४० पुगेको छ । 

कोरोना महामारीको तेस्रो चरणको लहरले गर्दा विश्वभर दैनिक सङ्क्रमणदरले पनि नयाँ रेकर्ड बनाउँदै आएको छ । गत २४ घन्टामा विश्वभर हालसम्मकै धेरै मानिसका मोरोना सङ्क्रमण पुष्टि भएको छ । 

कोरोना सम्बन्धी तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्र्डोमिटरका अनुसार गत २४ घन्टामा विश्वभर ३६ लाख ३२ हजार ८ सय ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ३४ करोड ६७ लाख ८६ हजार ४ सय ४९ पुगेको छ ।

गत २४ घन्टामा सबैभन्दा धेरै अमेरिकामा ७ लाख ७९ हजार ३६, फ्रान्समा ४ लाख ८ सय ५१, भारतमा ३ लाख ३५ हजार ४ सय ५८, इटलीमा १ लाख ७९ हजार १ सय ६, ब्राजिलमा १ लाख ६८ हजार ८ सय २०, स्पेनमा १ लाख ४१ हजार ९५, अर्जेन्टिनामा १ लाख १८ हजार १ सय ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

सङ्क्रमित भएकामध्ये २७ करोड ६५ लाख ६९ हजार ९ सय ९८ जना स्वस्थ भएका छन् ।

Last modified on 2022-01-23 07:09:02


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts