भारतमा १२ देखि १८ वर्ष उमेरलाई लगाउन मिल्ने 'कोरवेभ्याक्स'लाई आपतकालीन प्रयोगका लागि अनुमति



Download our app to get more features

एजेन्सी, १० फागुन । भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया (डिसिजीआई) ले कोरोनाविरुद्धको खोप कोरवेभ्याक्सलाई अनुमति दिएको छ ।

भारतको बायोलोजिक ई नामक औषधि निर्माता कम्पनीले १२ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीका लागि कोरवेभ्याक्स खोपको विकास गरेको हो । जसलाई डिसिजीआईले प्रयोगका लागि अन्तिम अनुमति दिएको हो ।

कम्पनीले सूचना जारी गरेर कोरवेभ्याक्सलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको बताएको छ । 

भारतले यसैवर्षको ३ जनवरीबाट १५ वर्षदेखि १८ वर्षका किशोरकिशोरीलाई भारत बायोटेक कम्पनीले बनाएको कोभ्याक्सिन खोप लगाउन सुरु गरेको हो । हालसम्म ७ करोड बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।
 

Last modified on 2022-02-22 11:16:16


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts